• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
खेलाडीले अभ्यास चाहियो भनेकै छैनन् : चतुरबहादुर चन्द [अन्तर्वार्ता]
64x64
सराेज तामाङ सोमबार, कात्तिक ३, २०७७  १२:१२
1140x725

काठमाडौं- देशमा कोरोनाको जोखिम बढ्दो छ। स्वास्थ्य संकटमा नागरिकको उपचारको मौलिक हकसमेत वेवास्ता गरेको सरकारले अरुतिर सोचेन भन्नु पनि गुनासो गर्नु मात्र न हो। यो मारमा खेलाडीहरु उसैगरी पिरोलिइरहेका छन्। 

सात महिना लामो बन्दले खेलाडीमा फिटनेसको समस्या मात्रै होइन खेलविहीन हुँदा आर्थिक समस्याले पनि सताइरहेकै छ। होटल रेस्टुरेन्ट सपिङ मलहरु खुल्नेदेखि सार्वजनिक यातायातमा पूरा सिट क्षमतामा यात्रु राख्न पाउने निर्णयसमेत भइसक्यो तर लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेको खेल क्षेत्रका बारेमा भने कसैलाई चासो देखिँदैन। 

कोरोनाका कारण नेपालभन्दा निकै उच्च जोखिममा रहेका देशले खेलाडीलाई अभ्यासमा राख्ने मात्रै होइन सुरक्षित रुपमा विभिन्न प्रतियोगिता सञ्चालन समेत गरिसकेका छन्। घरेलु प्रतियोगितादेखि अन्तर्राष्ट्रिय प्रतियोगिताहरु समेत सुरु भइसक्दा नेपाल सरकारले भने खेलकुदको अभ्यास सञ्चलान समेत गर्न अनुमति दिएको छैन। त्यसमा खेल संघहरुले गर्नुपर्ने आवश्यक पहलको कमि भएको महसुस खेलाडीहरुले गरिरहेका छन्। 

कोरोना भाइरस (कोभिड-१९) को कारण गत चैत पहिलो सातादेखि खेलकुद गतिविधि ठप्प छन्। अहिलेसम्म खेलाडीहरुले व्यक्तिगत रुपमा घरैमा शारीरिक स्फूर्तिका लागि गर्ने कामबाहेक अभ्यास पनि गर्न पाएका छैनन्। अघोषित रुपमा फुटसल सञ्चालन भइसक्दा पनि खेलाडीलाई सुरक्षित रुपमा अभ्यासमा फर्काउने प्रयास नहुनु खेल क्षेत्रप्रतिको उदासिनता नै हो। 

यस्तोमा नेपाल क्रिकेट संघ (क्यान) पछिल्लो समयमा निकै आलोचित हुँदै आएको छ। पछिल्लो समयमा क्यान विवादमा मुछिएको विषय थियो, ‘खेलाडी वर्गीकरण’। हुन पनि क्यान आफैले खेलाडी वर्गीकरणमा त्रुटि भएको स्वीकारेको छ भने राखेपले के आधारमा खेलाडी वर्गीकरण गरियो भनेर स्पष्टिकरण समेत मागेको थियो।

२०७६ असोज ११ गते सम्पन्न निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएर आएका चतुरबहादुर चन्दको प्यानलमाथि खेलाडी, समर्थक र शुभचिन्तकको ठूलो विश्वास थियो। निर्वाचित कार्यसमितिलाई निलम्बन फुकुवादेखि अन्य धेरै पक्षको चुनौती थियो नै। तत्काल क्रिकेटलाई कायपलट गर्ने जादुको छडि त थिएन। तर जति गर्न सक्थ्यो त्यो गरेन नै।

खेलाडी वर्गीकरणको निर्णय गरेको चितवन बैठक सकिएको केही दिनपछि नै अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेललाई कोरोना संक्रमण देखियो। १८ दिन होम आइसोेलेसन बसेपछि अध्यक्ष चन्द कारोना मुक्त भएका छन्। अध्यक्ष चन्दसँग क्यानले गरेको काम, पछिल्लो समयमा भइरहेका आलोचना र समग्र क्रिकेट बारे नेपाल लाइभका लागि सरोज तामाङले गरेको कुराकानी :

कोरोना मुक्त हुनु भएको छ। त्यसका लागि बधाई, यो संवादमा कोरोना संक्रमणबाट नै कुरा सुरु गरौं। कस्तो लक्षण थियो तपाइँलाई?
निकै ज्वरो थियो। अनि जिउ दुख्ने पनि थियो। निन्तर ज्वरो आएपछि परिक्षण गराइहालेँ, कोरोना पोजेटिभ पो देखियो। खान मन नलाग्ने, वाकवाकी हुने, खानको सुगन्ध नआउने जस्ता लक्षणहरु देखिएको थियो। तर सात–आठ दिनदेखि चाहिँ खानेकुराहरुको सुगन्ध थाहा पाउन थालेँ।

कति दिनपछि कोरोनामुक्त हुनुभयो? 
म निकै दिन होम आइसोलेसनमा बसेँ। पहिलो पटक लक्षण देखिएपछि आइसोलेसनमा बसेँ। दोस्रो पटक परिक्षण गराउँदा पनि कोरोना पोजेटिभ नै आयो। तेस्रो पटक मात्रै कोरोना नेगेटिभ आयो। कोरोना पुष्टि भएको १८ दिनपछि म कोरोना मुक्त भए।

तातो पानी पिउने, बाथ लिने। तातो तातो खाने कुराहरु खाने, झोलिलो पदार्थहरु खाइरहने गरेँ, ज्वरो आएमा औषधि खाने गरेर कटाएँ त्यो दिनहरु। आयुर्बेदिक औषधिहरु पनि खाइरहेँ, भिटामिनहरु खाइरहेँ। 

मलाई त्यस्तो गाह्रो त भएन। श्वासप्रश्वासमा समस्या आएन। घरैमा बसेर कोरोनालाई जितेँ। कोरोनालाई जित्न खाने कुरामा विशेष ध्यान दिनु पर्ने रहेछ।

अहिलेसम्म हामीले गर्ने भनेका कार्यक्रमहरु गरिरहेका छौं। मिडियाको आलोचनालाई केही भन्दैनौं। आलोचना मिडियाले स्वभाविक रुपमा गर्ने नै हो। लामो समय क्यान निलम्बन हुँदा काम नभएकै हो। तर जब हामी निर्वाचित भएर आयौं गर्छौ भनेका सबै कामहरु गरिरहेका छौं। कहिले नभएको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज हामीले गर्यौँ।

अब क्रिकेटको कुरा गरौं। यो भन्दाअघि सचिव अशोकनाथ प्याकुरेलसँग कुरा गर्दा उहाँले भन्नु भएको थियो कि कोरोनाले क्यानको सबै कार्यतालिका डामाडोल बनायो। अब हामीले आफ्नो तालिका भन्दा पनि आइसिसीको कार्यतालिका हेरेर काम गर्नु पर्ने हुन्छ। के क्यान आईसिसीको कार्यतालिका कुरेर बसेको हो?
अस्ति चितवनमा बोर्ड बैठक बसिसकेपछि चाहिँ हामी राष्ट्रिय प्रतियोगिता गर्न सकिन्छ कि भन्ने सोचमा थियौं। तर काठमाडौंमा कोरोना बढ्दै गएपछि झन समस्या आउने भयो। यो डिसेम्बरभित्र नै त्रिकोणात्मक सिरिज भए पनि अथवा कुनै सिरिज गर्न सकिन्छ कि भनेर सोचेका थियौं। यो बारे कुरा भइरहेको पनि छ।

आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिकोणात्मक सिरिज गर्न सकिन्छ कि भन्ने हो। डिसेम्बरको अन्तिममा सिरिज गर्ने हो भने हामीले नोभेम्बरको पहिलो सातादेखि अभ्यासमा त राख्नु पर्यो।

तर मलाई र सचिव अशोकनाथ प्याकुरेललाई नै कोरोना लागेको हुँदा अलिक गाह्रो भएको हो। आइसिसीको तालिका अनुसार हामीले सबै कुरा गर्नु पर्ने नै हुन्छ। तर आइसिसीले नै अहिले तालिका निकालेको छैन।

डिसेम्बरभित्रै प्रधानमन्त्री कप गराउने क्यानको तयारी हो?
गर्न पाए हुन्थ्यो भन्ने हो। तर आइसिसीबाट पनि बजेट आइसकेको छैन। स्पोन्सरहरुको पनि अहिले नगरौं भन्ने आवाज आयो। मुख्यगरी कोरोनाले कस्तो रुप लिन्छ भन्नेमा पनि हुन्छ। कोरोनाको भयाभह झन बढेको हुँदा अहिले नै सबैसामु हात फैलाइ हाल्न सकिरहेका छैनौं।

काठमाडौंमा कोरोना छ चितवनमा गरौं भनेर एउटा बोर्ड बैठक बस्दा नै क्यानका चार–पाँच जनालाई कोरोना लागि हाल्यो। प्रतियोगिता गरिहाल्नको लागि पनि अहिले काठमाडौं चाहिँ अलिक ठिक छ जस्तो लाग्दैन। त्यसैले पनि हामी पर्ख र हेरको अवस्थामा छौं। दसैँ सकेपछि हामी राष्ट्रिय प्रतियोगिताको बारे बैठक बस्छौं।

हामी आउँदो पुसभित्र प्रधानमन्त्री कप गराउने प्रयास चाहिँ गर्छौ। तर यो मिति भित्र सकिएन भने चैतभित्रै चाहिँ जसरी भए पनि प्रधानन्त्री कप गराउँछौं।

नेपालभन्दा बढी कोरोना प्रभावित देशहरुले खेलकुदका गतिविधि अघि बढाइसकेका छन्। तर नेपालमा भने अभ्यास पनि गराइएको छैन। खेलाडी र खेलकर्मीहरु संघले केही गर्न सकेन भनेर आरोप र गुनासोहरु गरिरहेका छन् नी?
कुन खेलाडीबाट आरोप लगायो भन्नुहोस् त? कुन खेलाडीको आरोप? खेलाडीहरुले हामी तयार छैनौं। खेल्दैनौं भनेको अवस्थामा कुन खेलाडीले लगाए आरोप भन्नुहोस् त?

क्याम्पमा जान तयार छैनौं। क्लोज क्याम्पमा बस्दैनौं। अहिले अवस्था अप्ठ्यारो छ भनिरहेको बेला, मिति सारौं भनिरहेको बेला कुन खेलाडीले भने भन्नुहोस् त?

कुनै खेलाडीले क्यानको विरोध गरेको छैन। हामीले प्रशिक्षक र कप्तानहरुलाई राखेर बैठक गरिरहेका छौं। उहाँहरुले खेलाडीले क्याम्प राखेर अभ्यास गराउनु पर्यो भन्नु भयो भने हामी त खेलाडीको दबाब आयो भनेर सरकारसँग लड्छौं नी। हामीलाई त झन् सुल्टो हुन्छ। बरु खेलाडीलाई भन्न लगाइउदिनुहोस् ट्रेनिङ चाहियो भनेर।

क्यानले केही गरेन भनेर तपाई मिडियाहरुलाई ‘नास्ता’ चाहिन्छ। तर हामी गर्न तयार छौं भनेर सरकारलाई राष्ट्रिय खेलकुद परिषद् र आइसिसीलाई पत्र पठाइरहेका छौं। अरु खेल संघहरुले गर्यो या गरेन त्यो थाहा छैन। क्यानप्रति हेर्ने दृष्टिकोण राम्रो नराम्रो थाहा छैन। तर तपाईहरु क्यानले केही गरेन भनेर चर्चामा ल्याउनु हुन्छ। क्यान अहिले पनि शतप्रतिशत स्वतन्त्र भइसकेको छैन। काम गर्ने बेला कोरोना लाग्यो भन्ने कुरा बिर्सिइन्छ। अनि क्यानले काम गरेन भनेर आलोचना भइरहन्छ।

भनेपछि अहिले पनि नेपाली क्रिकेट खेलाडीहरु बन्दप्रशिक्षणमा रहेर अभ्यास गर्न तयारी अवस्थामा छैनन्। अभ्यास गर्दैनौं। बरु सारौं भनिरहेका छन् होइन त?
बुझ्नुहोस् न एक पटक। खेलाडीलाई सोध्नुहोस्। यदी खेलाडीले अभ्यासमा राख्नु पर्यो भनेर अनुरोध राख्नुहुन्छ भने हामीलाई त सजिलो भयो सरकारलाई दबाब दिन। त्यसकारणले खेलाडी के चाहन्छन् भन्ने कुरा पनि बुझ्नुहोस्।

नेपाल जस्तो देशमा अहिले तत्काल अभ्यास गराउँदा रिक्स कसले लिने भन्ने कुरा आयो। नहुन्जेल भइहाल्यो तर कोरोना देखियो भने फलानोको कारण भन्ने देखियो। यसरी आउँदो रहेछ आरोप। काठमाडौंमा कोरोना छ भनेर हामीले चितवनमा बैठक गर्यौँ। तर त्यहाँ पनि कोरोना देखियो। कहाँबाट सर्यो थाहा भएन। त्यसमा पनि मिडियाले घुमाउरो पारामा क्यानको लापारबाही भन्यो। क्रिकेटप्रति मिडिया पोजेटिभ छ जस्तो लाग्दैन। समग्रमा भन्ने हो भने मिडिया क्रिकेटप्रति नेगेटिभ देखियो।

संसारभरी कोरोना छ। केही न केही गर्नु पर्छ भनेर बैठक राख्दा लापारबाही भन्छ। अब अभ्यासमा राख्दा पनि खेलाडीमा कोरोना देखियो भने क्यानकै लापारबाही भन्ने हो।

क्यानले राष्ट्रिय टिमको मुख्य प्रशिक्षकदेखि प्रदेश प्रशिक्षक लगायतका विभिन्न पदमा खुला दरखास्त आह्वान गरेको थियो। यसको प्रक्रिया कहाँ पुग्यो? राष्ट्रिय टिमले कहिलेसम्म नयाँ प्रशिक्षक पाउँछन्?
सर्ट लिष्टको प्रक्रियामा छ। मलाई र सचिव ज्युलाई कारोना भएर ढिलो भएको हो। सर्ट लिष्ट भए लगतै सबैलाई जानकारी हुन्छ।

केहीदिनअघि क्यानले खेलाडीबाटै विरोधको सामना गर्नु पर्यो। के खेलाडी वर्गीकरणमा क्यानले त्रुटि गरेकै हो?
बोर्डले त ‘खेलाडी वर्गीकरण निर्धारण समिति’ ले दिएको कुरालाई पारित गरेको हो। हामीले पारित गरिसकेपछि कप्तानदेखि खेलाडीहरुको समेत सल्लाह सुझाबसहितको निवेदन आइसकेपछि हामीले त्यही समितिलाई पुनर्विचार गर्न जिम्मा दियौं। त्यो समितिले सबैसँग छलफल गरी पुनर्विचार गरेर बोर्डलाई खेलाडी वर्गीकरणको सिफारिस गर्न तयार गरिसकेको अवस्था हो। त्यो कुरा सकिसकेको छ। आकासै खसेको होइन। यो सामान्य कुरा हो। फेरि प्रशिक्षक र खेलाडीको सल्लाह सुझाबपछि खेलाडी वर्गीकरण त्रुटीलाई हटाउँदै समितिले बोर्डमा पेश गर्दैछ। 

कुनै खेलाडीले क्यानको विरोध गरेको छैन। हामीले प्रशिक्षक र कप्तानहरुलाई राखेर बैठक गरिरहेका छौं। उहाँहरुले खेलाडीले क्याम्प राखेर अभ्यास गराउनु पर्यो भन्नु भयो भने हामी त खेलाडीको दबाब आयो भनेर सरकारसँग लड्छौं नी। हामीलाई त झन् सुल्टो हुन्छ। बरु खेलाडीलाई भन्न लगाइउदिनुहोस् ट्रेनिङ चाहियो भनेर।

सुरुमा समितिले खेलाडी वर्गीकरण गर्दा प्रशिक्षक, कप्तान तथा खेलाडीसँग सल्लाह सुझाब नगरी तयार पार्दा यस्तो त्रुटि भएको हो?
थाहा छैन। खेलाडी त सबै ‘ए’ ग्रेडमा बस्न चाहन्छन् नी। को–कोसँग सल्लाह लिने? संसारमा कहीँ नहुने कुरा हो यो।

समितिले विभिन्न मापदन्ड बनाएर खेलाडीको वर्गीकरण गरेको थियो होला। तर काम गर्दा गर्दै त्रुटि पनि हुन सक्छ। त्रुटि भयो भने सच्याउन पनि सकियो नी। व्यक्तिगततर्फ नजाउँ।

‘सि’ मा भएको खेलाडी ‘बी’ मा किन बसेन? बी मा भएको खेलाडी ए मा किन बसेन? अनि नपरेको खेलाडीले म किन परेन? भन्ने छ। यस्तो हुँदैन। व्यक्तिगततर्फ नजाउँ। कोही खेलाडी हुन्छ म ग्रेडमा नबसौं भन्ने? 

पहिलो पटक महिला खेलाडीलाई पनि क्यानले वर्गीकरणमा ल्यायो। यो एकदमै राम्रो सुरुवात हो। तर पारिश्रमिकमा निकै थोरै भयो अलिक बढाउनु पथ्र्यो भन्ने गुनासोहरु पनि त आयो नि?
क्यानको विराध गर्न र भाषणबाजी गर्नलाई यो ठिक हो। क्यानको हैसियत र क्यानको अहिलेको अवस्था र नेपालमा महिला क्रिकेट टिमको प्रदर्शन के छ? त्यसले पनि महत्व राख्छ। त्यसैले यो त्यति नराम्रो पारिश्रमिक पनि होइन।

पुरुष टिमको वर्गीकरण गर्दा सुरुमा पारिश्रमिक ५ हजार तोकिएको तपाईलाई याद छ कि छैन? महिलाको सुरु गर्दा १५ हजारबाट थालेका छौं। ५ हजारबाट सुरु गरेको पुरुषको ५० हजार मासिक पारिश्रमिक पुग्छ भने महिलाको पनि किन पुग्दैन? यो सुरुवात हो। महिलाको लागि नराम्रो पारिश्रमिक होइन।

क्यान किन विवादमा फसिरहन्छ? किन आलोचना खेपिरहन्छ?
अहिलेसम्म हामीले गर्ने भनेका कार्यक्रमहरु गरिरहेका छौं। मिडियाको आलोचनालाई केही भन्दैनौं। आलोचना मिडियाले स्वभाविक रुपमा गर्ने नै हो। लामो समय क्यान निलम्बन हुँदा काम नभएकै हो। तर जब हामी निर्वाचित भएर आयौं गर्छौ भनेका सबै कामहरु गरिरहेका छौं। कहिले नभएको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज हामीले गर्यौँ।

हामीले काम गरिरहेका थियौं। तर कोरोनाको संकट आइपर्यो। यो कोरोना लागेको अवधिमा त प्रतियोगिता गर्ने कुरै भएन। अरु कुनै खेलको चाहिँ राष्ट्रिय प्रतियोगिता भएको छ र? कुनै खेलको अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा भएको छ? नेपालबाट कुनै टिम खेल्न गएका छन्? क्यान.. क्यान.. क्यान मात्रै हो र? त्यसकारण क्यानलाई हेर्ने दृष्टिकोणमा चाहिँ अलिक सुधारको खाँचो छ जस्तो लाग्छ।

अन्त्यमा, कोरोनाले उच्च जोखिम बनाइरहेको बेला हामी दसैँ मनाउँदै छौं। यस्तो परिस्थितिमा खेलाडीहरुलाई के सन्देश दिन चाहनुहुन्छ?
यस्तो बेला आफू पनि बच्ने र अरुलाई पनि सर्न नदिने गर्नुपर्छ। धेरै तडक भडक र आवत जावतलाई कम गरेर छोटकरीमा मनाउँदा राम्रो होला। कोरोना आफूलाई लाग्ने र अरुलाई सर्ने खालको वातावरण खेलाडीबाट हुनु हुदैन। सचेत भएर बस्नुहोला। कोरोना रोक्न खेलाडीको पनि महत्वपूर्ण भूमिका हुन्छ। खेलाडी सुरक्षित भयो भने भोलिका लागि राम्रो हुने हो। 

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  १२:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
म फुटबलमा ‘डिक्टेटर’ बन्न आएको होइन : कर्मा छिरिङ शेर्पा [अन्तर्वार्ता] हाम्रो जुन ‘चेन्ज एन्फा’को नारा छ, त्यो निरन्तर चलिरहेकै छ। अब जसलाई ‘चेन्ज कर्मा’को नारा लगाउनु छ, त्यो उहाँहरूको विवेकमा म छोड्छु।... बिहीबार, असार २, २०७९
राखेप सदस्यसचिवको अन्तर्वार्ता: अब नवौं राष्ट्रिय खेलकुदका लागि होमिउँ अब सिंगो खेलकुदका संघ, प्रशिक्षक, खेलाडी र पदाधिकारीलाई नवौं राष्ट्रिय खेलकुद सफल बनाउने गरी होमिन आग्रह गर्न चाहन्छु। शुक्रबार, वैशाख २, २०७९
‘व्यापारीक घरानालाई आकर्षण गर्ने कोसिस गरेका हौं, एनएसएललाई ‘ए’ डिभिजनको विकल्प बनाउन खोजेका होइनौं’ नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण चैत अन्तिम साताबाट काठमाडौं र पोखरामा आयोजना हुँदैछ। विगतको संस्करणमा सात टिमले सहभागिता ज... बिहीबार, चैत ३, २०७८
ताजा समाचारसबै
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत मंगलबार, असार १७, २०८२
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी मंगलबार, असार १७, २०८२
प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित मंगलबार, असार १७, २०८२
स्रोत नखुलेको २८ लाख रकमसहित तीन जना पक्राउ मंगलबार, असार १७, २०८२
कर्णाली याक्समा ७ खेलाडी रिटेन, देव खनाल रिलिज मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्