काठमाडौं–सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) बाट हामफालेर आज एक जनाले आत्महत्या प्रयास गरेका छन्।
सोलुखुम्बु घर भई नयाँबानेश्वर बस्ने २६ वर्षीय रोशन खड्काले अस्पतालको तेस्रो तलाबाट हामफालेर आत्महत्या प्रयास गरेको काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले बताए।
हिजो आफ्नै शरीरमा आगो लगाएपछि खड्कालाई केएमसी भर्ना गरिएको थियो। उनले आज बिहान हामफालेर आत्महत्या गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ। खड्का मानसिक बिरामी भएको पाइएको एसपी राठौरले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।