• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा

64x64
प्रजु पन्त शनिबार, कात्तिक १, २०७७  ११:३०
1140x725
कुटपिटपछि घाइते भएका त्रिचन्द्र क्याम्पसका तत्कालीन प्रमुख प्रदीपबहादुर न्यौपाने (बायाँ) र त्रिविका उपप्राध्यापक प्रेम चलाउने।

काठमाडाैं-

घटना १- २०७६ मंसिर ९ गते त्रिचन्द्र क्याम्पसका तत्कालीन प्रमुख प्रदीपबहादुर न्यौपाने कुटिए। उनलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियुका इकाइ अध्यक्ष गोविन्द थपलिया र अखिल नेता मन थापाको टोलीले मरणासन्न हुने गरी कुटेका थिए।

घटना २- २०७७ असोज २० गते त्रिवि केन्द्रीय परिसर अर्थात् समाजशास्त्र विभाग अगाडि उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट भयो। कुटपिटमा संलग्न भएको आशंकामा प्रहरीले नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघसँग आबद्ध रुपेश शाह र रविन लामा पक्राउ गर्‍यो।

० ० ०

दुई घटना उस्तै हुन्। दुवैमा प्राध्यापक कुटिएका छन्। कुटपिटका कारण दुवै प्राध्यापकले लामो समय अस्पतालमा बिताउनुपरेको छ। उनीहरुले भोगेको आघात पनि उस्तै छ।

त्रिचन्द्रको घटनाको  सिसिटिभी फुटेज समेत सार्वजनिक भएको छ। जसमा नेउपानेलाई भर्‍याङबाट कुट्दै गेटसम्म पुर्‍याइएकाे छ, लछारपछार गरिएको छ। घटनापछि नेउपानेले तीन दिन ट्रमा सेन्टर र एक हप्ता त्रिवि शिक्षण अस्पतालमा उपचार गराउनुपर्‍यो। त्यसपछि पनि एक महिना घरमा पूर्ण आराममा बस्नुपर्‍यो। अहिले अवकाश पाइसकेका न्यौपानेको बुढो शरीरले युवा जोशको कुटाइ खाएको थियो। उनलाई टाउको, खुट्टा र हातमा गहिरो चोट लागेको थियो। परिणामतः अहिले पनि उनलाई ज्यान दुखिरहन्छ। ‘खुट्टाको नसा चुँडिएको रहेछ। कहिले कुहिनोनेर दुख्छ, कहिले ढाडमा’, उनले भने।

उपप्राध्यापक प्रेम चलाउनेको उपचार भइरहेको छ। घटनापछि काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना गरिएका उनको उपचार जारी छ। उनको टाउकोमा चोट लागेको र दायाँ खुट्टा भाँचिएको बताइएको छ।

जब पार्टी फरक पर्‍यो
दुवै घटनाको थप समानता पनि छ। दुवै घटना हुँदा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकार छ। र असमानता भने यहीँबाट सुरु हुन्छ। पहिलो घटनामा संलग्नहरु सत्तारुढ दल नेकपाका विद्यार्थीहरु थिए, दोस्रो घटनामा नेविसंघका। त्यसैले उनीहरुमाथि सरकारले गर्ने व्यवहारमा पनि आकाश-जमिनको फरक छ।

Ncell 2
Ncell 2
nimb
nimb

दुवै घटना उस्तै भएकाले घटनामा संलग्नलाई उस्तै किसिमको कारबाही हुनुपर्ने हो। तर, सरकारले आफ्ना विद्यार्थी र कांग्रेसका विद्यार्थीबीच फरक व्यवहार गरेको छ। अर्थात्, न्यौपानेमाथि कुटपिट गर्नेलाई अभद्र व्यवहार र चलाउनेमाथि कुट्नेलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा लगाइएको छ।

अभद्र व्यवहार भनेर लगाइएको मुद्दा निकै फितलो मुद्दा हो। अभद्र व्यवहारसम्बन्धीको मुद्दा जिल्ला प्रशासन कार्यालयले हेर्छ। सोही कारण घटनामा संलग्नहरु घटनाको केही दिनमै १५/१५ हजार धरौटी बुझाएर रिहा भएका थिए।

अर्कोतिर, चलाउनेमाथि कुटपिटमा संलग्न भएका भनिएका नेविसंघ आबद्ध शाह र लामामाथि भने अपेक्षाकृत ‘ज्यान मार्न उद्योग मुद्दा’ लगाइएको छ। जिल्ला सरकारी कार्यालय काठमाडौंका प्रमुख हरिप्रसाद रेग्मीका अनुसार दुवै जनालाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइएको छ। अहिले उनीहरु हिरासतमा छन् र घटनामा संलग्न अन्यको खोजी भइरहेको बताइएको छ।

प्रष्ट छ, न्यौपाने नेपाली कांग्रेसनिकट मानिन्थे र उनलाई नेकपाका विद्यार्थीले कुटेका थिए। उनीहरुका निम्ति सत्ता दाहिना थियो। त्यसैले उनीहरुलाई फितलो मुद्दा लगाइयो। चलाउने नेकपा निकट मानिन्छन् र उनलाई कांग्रेसी विद्यार्थीले कुटेका छन्। त्यसैले ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा लगाइयो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सरकारले प्राज्ञिक थलोमा अमर्यादित काम गर्नेलाई समान व्यवहार गरेन। कुटाइ खाएका प्राध्यापकमाथि पनि समान अपनत्व देखाएन। आफ्नालाई काखा र अरुलाई पाखा गर्ने शैली देखाइयो। 

‘सत्ताधारी दलको विद्यार्थी संगठन भएर मैले प्रयास गर्दा पनि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गर्न मानिएन’, नेकपाका विद्यार्थीबाट कुटाइ खाएका न्यौपानेको भनाइ छ।

न्यौपानेको भनाइ
आफूलाई कुटपिट गर्नेलाई कडा कारबाही नगरेकैले उस्तै घटना दोहोरिएको न्यौपानेको भनाइ छ। ‘ममाथि कुटपिट गर्नेहरुलाई नै ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दा लगाइदिएको भए अहिले फेरि प्राध्यापक कुट्ने विद्यार्थीको मनोबल बढ्ने थिएन’, उनले भने।

आफूलाई कुटपिट गर्नेमाथि फितलो मुद्दा लगाएर राज्यले अन्याय गरेको न्यौपानेको भनाइ छ। ‘फितलो अभद्र व्यवहारको मुद्दा लगाइयो। त्यो पनि दिनभरि उनीहरुलाई क्याम्पसमा विरोध गर्न आउन दिइन्थ्यो, रातिमात्रै थुनिन्थ्यो। योभन्दा राज्यको अन्याय के हुन्छ?’, उनको प्रश्न छ।

पोहोर नै विद्यार्थीलाई राज्यले छुट नदिएको भए, प्राध्यापकहरु सबैको सहयोग भएको भए र ५०/६० जनाको जत्था लिएर मरणासन्न हुने गरी कुट्ने अखिलका नाइकेलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा लगाइदिएको भए अहिले उपप्राध्यापक प्रेम चलाउनेमाथि कुट्ने मनोबल हुने थिएन भन्छन् न्यौपाने। ‘पोहोर ममाथि कुट्ने विद्यार्थीलाई मैले चाहेको ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा लगाइदिएको भए अहिले प्रेम चलाउने सरमाथि आक्रमण हुँदैनथ्यो कि जस्तो लागिरहन्छ’, उनी भन्छन्, ‘राजनीतिक आधारमा कारबाही नगर्दा अपराधिक मानसिकता भएकाहरुको मनोबल उच्च भयो। प्राध्यापक कुटिन बाध्य भए। यस्ता घटनाको जति भर्त्सना गरे पनि कमै हुन्छ।’

न्यौपानेले ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गर्न सक्थे, किन गरेनन्? उनका अनुसार प्रहरीले सुरुमा जाहेरी लिनै मानेको थिएन। पछि बलबल्ल जाहेरी त लियो। त्यो पनि केही प्राध्यापक र न्यौपानेकी श्रीमतीको जोडबलले। न्यौपाने प्रहरी प्रशासनबाटै आफूहरुले सहयोग नपाएको बताउँछन्। ‘आक्रमण हुने केही दिनअघि  नै विद्यार्थीले आक्रमण गर्ने धम्की दिएको भनेर त्यस क्षेत्रका डिएसपी विनोद घिमिरेलाई जानकारी दिएको थिएँ। कुटिएको दिन पनि सुरक्षा दिन भनेको थिएँ। तर, सुरक्षा पाइनँ', न्यौपानेले भने, ‘सत्ताको वरपर लुटपुटिएर प्राध्यापकले जानकारी दिँदा र  सुरक्षा माग्दा त नदिनेले ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा किन लगाइन्थ्यो?’

कानुनका कुरा
अभद्र व्यवहार आकर्षित हुने अवस्थालाई मुलुकी अपराध संहिता २०७४ को दफा ११८ (१) मा भनिएको छ- ‘कसैले सार्वजनिक स्थानमा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन।'

सोही दफाको उपदफा २ मा भनिएको छ- उपदफा (१) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।

तर न्यौपानेलाई अखिल नेता गोविन्द थपलिया र मन थापाको टोलीले कुटपिट गर्दै लछारपछार गरेको सिसिटिभी फुटेजमा देख्न सकिन्छ। 

त्यस्तै, मुलुकी अपराध संहिताकै दफा १९१ कुटपिट गर्न नहुने उल्लेख छ। भनिएको छ-
(१) कसैले कसैलाई कुटपिट गर्न हुँदैन।
(२) कसैले कसैलाई देहायको कुनै कार्य गरेमा निजले कुटपिट गरेको मानिनेछः (क) कुनै किसिमको शारीरिक पीडा पुर्‍याएमा, (ख) कुनै काम गरी दफा १०४ र १०५ मा उल्लेखित बाहेकका अन्य कुनै रोग सारेमा, (ग) अन्य कुनै कार्य गरी अशक्त बनाएमा
स्पष्टीकरणः यस दफाको प्रयोजनका लागि ‘अशक्त’ भन्नाले शरीरको कुनै  अङ्ग सामान्य रुपमा काम गर्न नसक्ने गरी अशक्त भएको अवस्था सम्झनु पर्छ र सो शब्दले मानसिक अशक्ततालाई समेत जनाउँछ।
(३) उपदफा (१) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।

सम्बन्धित समाचार
जलिरहन्छ त्रिवि, कुटिइरहन्छन् प्राध्यापक
उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने नेविसंघ कार्यकर्ता पक्राउ
उपप्राध्यापकमाथि कुटपिटमा संलग्नलाई कारबाहीको माग

उपप्राध्यापक चलाउनेमाथि भएको आक्रमणको अनेरास्ववियूद्वारा भर्त्सना 
 

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  ११:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्