काठमाडौं- त्रिभुवन विश्वविद्यालयका समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि असोज २० गते भएको आक्रमणको अनेरास्ववियूले भर्त्सना गरेको छ।
संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले निकालेको प्रेस विज्ञप्तिमा प्राध्यायपक चलाउनेमाथि पाशविक र सांघातिक हमालाको भर्त्सना गर्दै यस्तो घटनाका कारण बौद्धिक र प्राज्ञिक क्षेत्र लज्जित र आतंकित भएको बताइएको छ भने घटनामा संलग्नलाई कारबाहीको माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।