• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बजारमा पुस्तकको बाढी तर बिक्री न्यून

64x64
प्रजु पन्त शनिबार, कात्तिक ८, २०७७  १५:२४
1140x725
पछिल्लो समय प्रकाशित केही पुस्तकहरु

काठमाडौं- सुनसरीको इटहरीमा बस्ने विकेश कविन किताब पढिरहनेमा पर्छन्। लकडाउनपछि उनले 'वनको वैभवः जनावरको मनदेखि यौनसम्म’ देखि २०७६ को मदन पुरस्कार विजेता कृति 'महारानी' सम्म किने। साहित्य, इतिहास, दर्शन, पर्यावरण, संस्मरण, नियात्रा, शिक्षा लगायतका विधामा रुची भएको बताउने कविनले पुरानो किताबमा विश्वेश्वरप्रसाद कोइरालाका 'आत्मवृतान्त’, ’जेल जर्नल’ अनि भैरव अर्यालको ’राजीनामा’ र केही कविता सङ्ग्रह पनि  किने।

‘म प्रायः पुस्तक किनिरहन्छु’, उनले भने, ‘कहिलेकाहीँ उपहार पनि आउने गरेको छ। दसैं लक्षित भन्दा पनि पुस्तक किन्नु मेरो सधैंको बानी नै हो।’

काठमाडौँको मैतीदेवी बस्ने प्रशिद्धिका शर्माले पनि असोज महिनामा ४ वटा पुस्तक किनिन्। आख्यानमा भन्दा गैरआख्यानमा रुची राख्ने उनले खगेन्द्र संग्रौलाको अनुवाद कृति ‘सत्ता र सत्य’, ददि सापकोटाको ‘वनको वैभवः जनावरको मनदेखि यौनसम्म’, तिर्थ बहादुर श्रेष्ठको ‘नेपालका नखुलेका पाटाहरु’ र आख्यानमा पारिजातको सबै कृति र आचार्य चतुरसेनको वैशालीकी नगरबधु किनिन्। कोरोना महामारीको फुर्सद र दसैं बिदाको सदुपयोग गर्नको लागि उनले यी पुस्तकहरु किनेकी हुन्। 

‘कोरोनाले गर्दा अहिले धेरै फुर्सद छ’, शर्माले भनिन्, 'पोहोर पनि दसैं लक्षित प्रकाशित पुस्तकहरु किनेकी थिएँ। अहिले पनि किने। यो बिदामा पढ्ने योजना बनाएकी छु।’

कोरोना भाइरसको महमारी फैलिन नदिन सरकारले २०७६ चैत्र ११ गतेदेखि लकडाउन गरेपछि सबै काम रोकिए। २०७६ मा नै छाप्नुपर्ने गरी प्रेसमा गएका पुस्तकहरु बजारमा आउन पाएनन्। जसले गर्दा लामो समयसम्म नयाँ पुस्तक बजारमा आएन। असार १ गतेदेखि  पहिलो लकडाउन खुलेसँगै केही पुस्तकहरु निस्कन थाले।

धमाधम पुस्तक निकाल्दै प्रकाशन गृह
लकडाउन पछि सुस्ताएका पुस्तक बजार जुरमुराउने प्रयास  गर्दै छ। प्रकाशन गृहले धमाधम पुस्तक पनि निकालिरहेका छन्। बुकहिलका प्रकाशक भुपेन्द्र खड्का प्रकाशकहरुले संकटमा पनि पुस्तक निकाल्ने कोसिस गरेको बताउँछन्। ‘पुस्तक निकाल्नु अल्पकालीन होइन दीर्घकालिन काम हो’, खड्का भन्छन्, ‘त्यसैले हामीले नयाँ पुस्तक पनि प्रकाशन गरिरहेका छौं।’

बुकहिलले हालसालै इरावति कर्वेको ‘युगान्त’ (अनुवाद सुजित मैनाली), जोन स्टेनबेकको 'मुसा मानुष' (अनुवाद गनेश पौडेल), मल्ल के सुन्दरको ‘विमुक्ति’ लगायतका पुस्तकहरु प्रकाशन गरेको छ।

खड्का योजना अनुसार नै पुस्तक प्रकाशन गरिरहेको बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

साङग्रिला बुक्सले भने लकडाउनपछि सात पुस्तक प्रकाशन गरिसकेको छ। साङग्रिला बुक्सका मणि शर्माका अनुसार सगुना शाहको अनुवादमा 'कान्छा महारानी',  विनोद न्यौपानेको 'संघीयताको अर्थराजनीति,  प्रा उद्धव प्याकुरेलको सम्पादनमा 'समाजवादः समृद्धि र विकास', श्रीभक्त खनालको दुई पुस्तक  'An aurdous path' र 'जोर बन्दुकको छाया', रमेशनाथ पान्डेको 'क्रान्ति र प्रतिक्रान्ति',  डा गोविन्द टन्डनको 'इतिहासको थप पृष्ठहरु' र  पूर्वप्रधान न्यायाधीश मीनबहादुर रायमाझीको ‘न्यायालयमा चार दशक’ प्रकाशन भएको छ।

पुस्तक प्रकाशन गर्नु बाध्यता नभई प्रतिकूलताका बीच काम गर्दै जानुको विकल्प नभएकाले पुस्तक निकालेको बताउँछन् साङ्ग्रिला बुक्सका शर्मा। ‘यो अवस्थामा पुस्तक निकाल्नु बाध्यता नै त होइन', शर्मा भन्छन्, ‘सहज अवस्था नभए पनि हामी किताब प्रकाशन नगरी बस्न सक्दैनौं। यो अवस्था कहिलेसम्म रहने भन्ने नै टुंगो छैन। यही प्रतिकूलताबीच काम गर्दै जानुको विकल्प छैन।’

लकडाउनपछि नेपालयले भुवन ढुंगानाको ‘परित्यत्ता’ र सरला गौतमको ‘डुमेरो’ बजारमा ल्यायो। ‘कोरोना महामारी रोकिएला र काम गरौंला भनेर बस्न उपयुक्त लागेन’, नेपालय पब्लिकेशनकी कार्यकारी निर्देशक सैजना मास्केले भनिन्, ‘त्यसैले हामीले यो लकडाउनमा पनि रिस्क नै लिएर पुस्तक निकाल्यौँ। बजार राम्रो पाइरहेको छ।’

फाइन प्रिन्टले भने लकडाउनपछि राजीव उपाध्यायको पुस्तक ‘कबाल्स एन्ड कार्टेल्स’, विजय कुमारको ‘सम्बन्धहरु’, ददि सापकोटाको ‘वनको वैभव’, विश्वम्भर प्याकुर्‍यालको ‘आफैंलाई खोज्दा’ र मनुजबाबु मिश्रको ‘एकलानुभूति’ प्रकाशन गर्‍यो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

फाइन प्रिन्टका निरज भारी संकट कहिलेसम्म रहन्छ यकिन नभएकाले कामलाई निरन्तरता दिनुपर्ने अवस्था सिर्जना भएको बताउँछन्। ‘पक्कै पनि संकटको यो घडीमा पुस्तक प्रकाशन चुनौतीपूर्ण छ। तर संक्रमण कहिलेसम्म रहिरहन्छ भन्ने यसै भन्न सकिने अवस्था छैन’, भारी भन्छन्, ‘बीचमा लामो समय काम नगरी यत्तिकै बस्नुपर्‍यो। संकटकै बीचमा आफ्नो कामलाई निरन्तरता दिनुपर्ने अवस्था सिर्जना भएको छ। त्यही अवस्थालाई दृष्टिगत गरी हामीले किताब बजारमा ल्याएका हौं।’

शिखा बुक्सले दसैं लक्षित चन्द्रप्रकाश बानियाको 'भौजिया', भिष्म उप्रेतीको 'हिमाल शेर्पा र यति', शोभाकर पराजुलीको 'समाजवाद र विश्वेश्वर प्रसाद कोइराला', टंक चौलागाइको 'उबडखावड', शान्ति शर्माको 'ग्रिन टाबेल' र पुरुषोतम बस्नेतको 'नेपाली कांग्रेस-भाग १' प्रकाशन ल्याएको छ।

शिखा बुक्सका सञ्चालक पुष्पराज पौडेल गर्नैपर्ने नियमित काम भएकाले पुस्तक छापिएको बताउँछन्। ‘लकडाउन खुलेपछि व्यापार दशैँको बेला राम्रो हुन पर्ने हो। तर कोरोनाले गर्दा भएको छैन’, पौडेल भन्छन्, ‘प्रकाशकहरुले गर्नुपर्ने नियमित काम भएको भएर पुस्तकहरु छापिएको हो। स्टाफहरुलाई पनि त हेर्न पर्‍यो नि।’

नियमित काम गरे पनि योजना नै बनाएर काम गर्न भने नसकिएको पौडेलेको भनाइ छ। दसैं लक्षित पुस्तक ल्याउने र सामाजिक सञ्जालमा त्यसको प्रचारप्रसार गरिरहनेमा पर्छन्, लेखक तथा मञ्जरीका  प्रकाशक कृष्ण अविरल। मेटिएका अनमोल कृति  पुनः प्रकाशित गरेको दाबी गर्ने उनले लकडाउनपछि र दशैँ लक्षित मदनमणि दिक्षितको ‘मेरो देश मेरो संसार’, लक्ष्मण गाम्नागेको ‘पसिनाका पाइलाहरु’, जनकलाल शर्माका पुस्तकहरु र 'बैशालीकी नगरबधु' प्रकाशनमा ल्याएका छन्। ‘बजार हेरेरभन्दा पनि कर्म गर्नुपर्छ भनेर पुस्तक प्रकाशन गरेका हौँ’, उनको भनाइ छ, 'बजार त अहिले के नै छ र?’

त्यसो त फिनिक्स बुक्सले भने जोखिम मोल्न चाहेको देखिएन। फिनिक्सका प्रकाशक गणेश सुवेदी लकडाउनपछि दशैँलाई लक्षित एउटा मात्र पुस्तक बिना थिङको ‘याम्बुनेर' प्रकाशनमा ल्याएको बताउँछन्। ‘धेरै नै जोखिम मोलेर पुस्तक प्रकाशनमा ल्याइएन' , उनी भन्छन्, ‘कन्ट्याक्ट ट्रेसिङमा नै पर्न थालेपछि काम गर्न पाइएन।’

पाँचपोखरीका राम श्रेष्ठ भने लकडाउन अघिपछि र दसैं लक्षित बजारमा कुनै असर नपरेको बताउँछन्। अच्युत कोइरालाको 'संसार बदल्ने सोच', शंकाराचार्यको जीवनी र अनुपम पोखरेलको प्रेम चन्दको अनुवाद कृति ल्याएका उनले अन्य प्रकाशकको कृति पनि बेच्ने भएको हुँदा बजारमा खासै फरक नपरेको बताए।

सुनसान पुस्तक पसल
काठमाडौंका नाम चलेका प्रकाशन गृहहरु लकडाउनपछि पुस्तक निकाल्नमा व्यस्त भएका भए पनि पुस्तक पसलमा सुनसान नै देखिए। दसैं नजिकिएसँगै केही दिन बिराएर पुस्तक प्रकाशन भए तर त्यसको प्रभाव पुस्तक पसलमा देखिएन। कात्तिकको सुरुवाती दिनमा पुस्तक बिक्रेतासँग कुरा गर्दा उनीहरुले उत्साहपूर्वक प्रतिक्रिया दिन सकेका थिएनन्।

जमलस्थित एजुकेशन बुक हाउस सामान्य समयमा सधैंजसो व्यस्त हुने पुस्तक पसल हो। तर कात्तिकको सुरुवातमा त्यहाँ ग्राहक भने खासै आउने गरेका थिएनन्। त्यतिबेला दिनको ८/१० जना मात्रै पुस्तक पसल आउने गरेको भनाइ थियो, एजुकेशन बुक हाउसका कर्मचारी रमन राउतको। 

'दसैंलाई भनेर पुस्तकहरु निस्किरहेका छन्’, राउतको भनाइ थियो, ‘विजयकुमारको सम्बन्धहरु, एरिका ल्युटयाङको त्रिभुवनकी एरिका, चन्द्रप्रकाश बानियाँको महारानी र राजीव उपाध्यायको ट्राभल्स एण्ड कार्टेल्स’ पुस्तकको बढी बिक्री भएको छ। अन्य त पुरानै हुन्। नयाँले बजार लिन सकेको छैन।’

न्युरोडस्थित झोछेँको होलसेल व्यापारी तारा अनुरागी र बालकृष्ण प्याकुरेल पुस्तक बजारमा दसैं नलागेको बताइन्। ‘कोरोनाले गर्दा सबैको आय घटेको छ’, बुर्जा न्युज एण्ड बुक सप्लायरकी तारा अनुरागीको अनुभव छ, ‘यो साल पुस्तक बजारमा दसैं लागेको छैन। पोहोरको तुलनामा ४० प्रतिशत मात्रै बजार चलायामन भएको छ।’

लामो समयदेखि होलसेल पुस्तक बिक्री गरिरहेका बालकृष्ण प्याकुरेल पसलमा गएर भन्दा पनि अनलाइनमा पुस्तक किन्ने बढेकाले पसलबाट राम्रोसँग बिक्री नभएको बताए। ‘पहिले नयाँ पुस्तक आउने बित्तिकै होलसेल पसलमा आउँथ्यो', उनले भने, 'अहिले यो अवस्था छैन। अनलाइन मार्फत पुस्तकहरु बिक्री हुन थालेका छन्।’

दिनको १०/२० हजारको मात्रै पुस्तक बिक्री हुने गरको उनको भनाइ थियो।

अनलाइन बिक्री र इ-बुकको आर्कषण बढेकै हो त?
लकडाउन भएसँगै अनलाइनमा घरघरै पुस्तक पुर्‍याउन प्रकाशन गृह तथा विभिन्न अनलाइन माध्यमहरु लागिरहेका छन्। दुईपटकसम्म अनलाइनबाट पुस्तक किनेका इटहरीका कविनको अनुभव भने राम्रो रहेनछ। ‘मैले दुइपटक अनलाइनबाट पुस्तक किनें’, उनले भने, ‘ती पुस्तकहरू घरसम्म आइपुग्दा पुस्तकको मूल्यको दोब्बर नै हुन जानेरहेछन्।’

पैसा नै दोब्बर परेपछि भने उनी पुस्तक पसलमै गएर किन्ने गरेका छन्। अनलाइन माध्यमबाट जोकोहीलाई पुस्तक किन्न सजिलो नभएको र  अझ आर्थिक स्तर अलि कम भएकाले त अनलाइनबाट पुस्तक किन्नै नसक्ने उनको अनुभव छ।

न्युरोड झोछेँकी तारा अनुरागी इ-बुकको चलन आएर भौतिक पुस्तकको बिक्री कम भएको हो कि भन्ने अनुमान लागाउँछिन्। ‘पछिल्लो समय घरघरमै पुस्तक पुर्‍याउनेदेखि इ-बुक सम्मको चलन बढेको छ,’ उनी भन्छिन्, ‘त्यसैले पो भौतिक पुस्तकको बिक्री घटेको हो कि।’

फाइन प्रिन्टका सञ्चालक भारी भने हामी विकासमा जहाँ पुगे पनि ‘फिजिकल बुक’को आकर्षण नघट्ने बताउँछन्। ‘समाजमा यस्तो पुस्ता पनि तयार हुँदै छ, जसलाई दृष्टिगत गरेर हामीले इ–बुकको तयारी गर्नुपर्छ। मान्छेको व्यस्तता बढिरहेको यो समयमा इ–बुक मात्र होइन, अडियो बुक पनि बजारमा ल्याउनुपर्छ भन्नेमा छौं। यी विकल्पबारे हामीले सोचिरहेका छौं’, उनी भन्छन्, ‘तर भौतिक पुस्तकको आर्कषण घट्नेवाला भने छैन।’

फिनिक्सका गणेश सुवेदी भने इ-बुकतिर पाठकको चासो नदेखिएको बताउँछन्। ‘हाम्रोमा इ-बुकमा आर्कषण बढेको मैले पाइनँ’, उनले भने, ‘भौतिक पुस्तकमा नै सबैको पहुँचमा पनि पुग्छ। सहज पनि हुन्छ। यसको आर्कषण घटेको छैन।'

पुस्तक बजारलाई दसैंको कतिको प्रभाव?
पछिल्लो समय पाठक, लेखक, अनुसन्धानधाताहरु बिदा तथा दसैंको अवसरमा पढ्नको लागि किनेको पुस्तक भन्दै सामाजिक सञ्जालमा राखिरहन्छन्। प्रकाशकहरुले पनि दसैंको छेको पारेर नयाँनयाँ पुस्तकहरुको बाढी नै ल्याउँछन्। बिक्रेताले पुस्तक कम बिक्री भएको भने पनि प्रकाशकले दसैं लक्षित पुस्तक ल्याइरहेका छन्।

दसैंको बेला आम्दानी पनि हुने र बजार पनि चलायमान हुने हुँदा स्वभाविक रुपमा पुस्तकको बिक्री गत वर्षहरुमा बढ्थ्यो नै। तर, यसपालि विद्यार्थी र धेरैको रोजगार गुमेकाले दसैंमा पुस्तक अघिपछि भन्दा बढी बिक्री नहुने बताउँछन्, पुस्तक विक्रेता तथा प्रकाशक संघका अध्यक्ष लिखत पाण्डे। ‘यो वर्ष धेरैको आम्दानीको स्रोत गुमेको छ’, उनले भने, 'समग्र अर्थतन्त्रलाई पारेको प्रभाव पुस्तक बजारमा पनि पर्छ नै। पुस्तक बिक्री यसपालि पोहोरको तुलनामा ३०/४० प्रतिशत घटेको छ।’

साङग्रिलाका सञ्चालक मणि शर्माको भनाइ पनि उस्तै छ। नेपालमा किताब धेरै पढ्ने भनेको विद्यार्थी र निम्न मध्यम वर्गीय समूहका मानिसहरु हुन् र महामारीले उनीहरुकै भात भान्सामा समस्या पारेको अवस्था छ। किताबको मात्र होइन , अनिवार्य आवश्यकता बाहेकको हरेक क्षेत्रको व्यापार नभएकाले पुस्तकको पनि व्यापार नभएको उनको ठहर छ। 

फाइन प्रिन्टका भारी भने दसैंमा पुस्तक व्यापार चुलिन्छ भन्नु एउटा ‘मिथ’ मात्र भएको बताउँछन्।  पहिलेदेखि नै दसैंलाई आशालाग्दो किताब साँचेर राखिने भएकाले यो बेला बजार बढेजस्तो देखिने गएको उनको बुझाइ छ।

पुस्तक दसैंमा निकाल्नु र अरु समयमा निकाल्नुमा त्यति फरक नपर्ने उनले बताए। ‘दसैंकै कारण बढी बिक्री हुन्छ भन्ने होइन। गत वर्ष हामीले दसैंका बेला सन्दुक रुइतको पुस्तक प्रकाशन गरेका थियौं। यस वर्ष दसैंका अवसरमा ४ वटा पुस्तक निकालेका छौँ’, भारीले भने, ‘दसैंमा एकैपटक धेरै पुस्तक बजारमा आउने भएकाले यसको बिक्री बढे जस्तो देखिएको हो।’

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०७७  १५:२४
  • #Dasain_2077
  • #दसैं_२०७७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्