• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ३०, २०८३ Tue, Sep 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक

64x64
प्रजु पन्त मंगलबार, असोज २७, २०७७  १७:२३
1140x725
त्रिवि उपकुलपतिको कार्यालय। तस्बिर : त्रिवि

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले आन्दोलनरत आंशिक प्राध्यापकलाई आन्दोलन रोक्न आग्रह गरेको छ। असोज २६ गते त्रिवि रजिष्ट्रारको कार्यालयले विज्ञप्ति जारी गर्दै  आंशिक प्राध्यापकको व्यवस्थापनका लागि अतिरिक्त कक्षा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७७  जारी गरिसकिएकाले आन्दोनल रोक्न आग्रह गरिएको हो। 

त्यस्तै त्रिविले आन्दोलनको कार्यक्रम रोकी वार्तामार्फत् समस्या सामाधान गर्न समेत अनुरोध गरेको छ।

तर आंशिक प्राध्यापकले भने त्रिवि प्रशासनले वार्ताको आग्रह गरेपनि आफूहरूलाई अपमान हुने गरी निर्देशिका ल्याइएको भन्दै विरोध जारी राखिएको बताएका छन्। वार्तामा बोलाउने तर आफूहरूका माग पूरा गर्न कुनै चासो नै नदिने विगत रहेको भन्दै उनीहरूले विरोध जारी राखेका हुन्।

आंशिक प्राध्यापक संघर्ष समितिका संयोजक नरेन्द्र भण्डारीले आफूहरू अपमान गर्ने प्रकारले ल्याएकाले निर्देशिकाप्रति नै आफूहरुको विरोध रहेको बताए। ‘आंशिक प्राध्यापकलाई अपमान गर्ने खालको निर्देशिका छ,’ भण्डारीले भने, ‘यसलाई संशोधन गरेर कार्यविधि ल्याउनुपर्ने आवश्यकता छ। कार्यविधि नआएसम्म विरोध जारी रहन्छ।'

न त त्रिवि पछि सर्छ, न आंशिक प्राध्यापक
त्रिभुवन विश्वविद्यालयले आंशिक प्राध्यापकको समस्या सामाधान गर्ने भन्दै ‘अतिरिक्त कक्षा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७७’ ल्याएको छ। यो निर्देशिकाप्रति भने आंशिक प्राध्यापकहरुको विरोध छ। उनीहरूले निर्देशिकाले आंशिक प्राध्यापकको माग सम्बोधन नगरेकाले आंशिक शिक्षक तथा अतिरिक्त कक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७७’ ल्याउन माग गर्दै आएका छन्।

त्रिविले केही समयअघि आंंशिक प्राध्यापकको समस्या सामाधान गर्न बनाएको कार्यदलको सुझावअनुसार कार्यविधि नबनाई निर्देशिका बनाएको भन्दै कार्यदलकै एक सदस्यले विरोध गरे। तर त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटा भने निर्देशिका नमान्नेले मैदान खाली गरिदिनुपर्ने बताए।

'अहिले पनि निरन्तर आंशिक प्राध्यापकहरुले निर्देशिका संसोधन हुनुपर्ने कार्यविधि ल्याइनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका छन्। त्रिविले हालै जारी गरेको आंशिक प्राध्यापकको मागबारे ध्यानाकर्षण भएको र छलफल र वार्ताको लागि आह्वान गरेको छ,' उपकुलपति बास्कोटाले भने, 'निर्देशिकाको विकल्पमा कार्यविधि आउँदैन। ‘हामीले जुन प्रकारको निर्देशिका ल्याएको छौँ सोही अनुसार अघि बढ्छौँ।'

निर्देशिकामा सकारात्मक भन्दा बढी नकारात्मक पक्ष रहेको आरोप आंशिक प्राध्यापकहरूको छ। ‘सिनियारिटीका आधारमा पूर्णकालीन आंशिक प्राध्यापकलाई शिक्षण सहायकसरह सुविधा दिनुपर्ने र थोरै कक्षा लिनेको हकमा कक्षाको भारका आधारमा  मासिक रुपमा १३ महिनाको सेवासुविधा दिन माग गर्दै आएका छौं,’ भण्डारीले भने, 'यी माग त्रिविले पूरा गर्न नसक्ने होइन। माग पूरा नभए कुरा मिल्ने देखिँदैन।’

Ncell 2
Ncell 2
nimb
nimb

उपकुलपति बास्कोटा भने आंशिक प्राध्यापकहरुलाई पूर्णकालीन नगरिने बताउँछन्। ‘उहाँहरुले स्वतः स्थायी गर्न भन्नु होला,’ उनले भने, ‘आंशिकलाई पूर्णकालीन गर्ने भन्ने होइन। जस्तो निर्देशिकामा छ सोही अनुसार अघि बढ्ने त्रिविको तयारी हो।’

निर्देशिकामा जम्मा एउटा राम्रो कुरा भएको बताउँछन् आंशिक प्राध्यापकहरू। कक्षाभारको आधारमा सम्झौता गर्नुपर्दा आंशिक शिक्षकमध्येबाट ज्येष्ठता, अनुभव हासिल गरेका, हाल बढी कक्षा भार लिएकालाई प्राथामिकता दिने भन्ने विषय बाहेक अरू कुनै पनि सकारात्मक रूपमा लिन नसकिने उनीहरूको भनाइ छ।

धवलागिरि क्याम्पसका आंशिक प्राध्यापक सरोज पन्तका अनुसार डेढ दशक पढाएका आंशिक प्राध्यापकको श्रम शोषण गर्ने निर्देशिकाले आंशिक प्राध्यापकका माग सम्बोधन गर्दैन। 

आंशिक प्राध्यापकका दृष्टिमा निर्देशिकाका कमजोरी
निर्देशिकाले समान कामको समान ज्याला नभएको, काम चिन्ने तर व्यक्ति नचिन्ने र थप बौद्धिक शोषण गर्न प्रेरित गरेको आंशिक प्राध्यापकहरुको आरोप छ। १४ वर्षदेखि पूर्णकालीन अध्यापक भएर काम गरेका आंशिक प्राध्यापकलाई बेवास्ता गरेको झन् बढी श्रम शोषण गर्ने गरी निर्देशिका ल्याइएको उनीहरूको भनाइ छ।

त्यस्तै वर्षैपिच्छे अतिरिक्त कक्षाभार कोर्स सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको, अगामी शैक्षिक सत्रदेखि अहिले पढाइरहेका आंशिक प्राध्यापकले पनि यो सम्झौता गर्नुपर्नेमा आफूहरुको असहमति रहेको आंशिक प्राध्यापकले उल्लेख गरे। 

निर्देशिकामा अवकाश प्राप्त प्राध्यापकले ‘पार्ट टाइम’ पढाउन पाउने गरी प्रोत्साहित गरी कार्यरत आंशिक प्राध्यापकलाई निरुत्साहित र विस्थापन गर्ने रणनीति लिएको समेत आरोप लगाएका छन्। 

निर्देशिका कार्यान्वयन भए हाल कार्यरत आंशिक शिक्षकहरुले निर्देशिका जारी हुनुभन्दा अघिको अवधिको साविक बमोजिमको पारिश्रमिक पाउने छन्। निर्देशिका लागू भइसकेपछि प्रतिकक्षा ५ सयका दरले पारिश्रमिक प्रदान गरिने उल्लेख छ। यसैमा आंशिक प्राध्यापकहरुको विमति छ। उनीहरुको भनाइ छ, अगामी शैक्षिक सत्रदेखि भने सम्झौता गरे बमोजिम हुने सेवासुविधा प्राप्त गर्नेछन् भन्नुले यसबाट आगामी दिनमा पनि विश्वविद्यालयमा आंशिक शिक्षकको समस्या समाधान हुने आधार स्पष्ट छैन।

त्रिभुवन विश्वविद्यालयबाहेक अन्यत्र कार्यरत निजी सामुदायिक गैरसरकारी क्षेत्रमा कार्यरत पूर्णकालीन शिक्षकहरुलाई आंशिक रुपमा सम्झौता गराउन नपाउने नियम पनि उपयूक्त नभएको उनीहरुको भनाइ छ। 

प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७  १७:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सर्वोच्च अदालतले पहिलो पटक खोला तथा नदीको अधिकार सम्बन्धमा विस्तृत व्याख्या गर्दै फैसला सुनाएको छ। सोमबार, भदौ २९, २०८३
आज हरितालिका तीज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज सोमबार अटल सौभाग्यको कामना गरी मनाइँदैछ। सोमबार, भदौ २९, २०८३
आज दर खाँदै नेपाली महिला हरितालिका (तीज) व्रतका लागि शक्ति सञ्चय गर्न नेपाली महिलाले आज दर खाँदैछन्। दर खाएसँगै चारदिने तीज पर्व औपचारिक रूपमा सुरु हुनेछ। आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल मंगलबार, भदौ ३०, २०८३
ट्रम्पको दाबी : रुस र युक्रेन ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न सहमत मंगलबार, भदौ ३०, २०८३
१९ जिल्लाका साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम मंगलबार, भदौ ३०, २०८३
भोटेकोशी बाढीमा १ हजार ३९७ जनाको शव फेला मंगलबार, भदौ ३०, २०८३
कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा, बिहीबारदेखि यातायात सञ्चालनको तयारी मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
विशेष महाधिवेशन स्वीकार नगर्न बादललाई ओलीको फोन, एमाले पुनर्गठन कार्यदलको बैठकमा चर्काचर्की सोमबार, भदौ २९, २०८३
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सोमबार, भदौ २९, २०८३
आईसीयूमा अन्तर्वार्ता विवाद चर्किएपछि प्रेस काउन्सिलको छानबिन, सुरजसिंह ठकुरीसहित तीन निकायलाई पत्र सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्