• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक

64x64
प्रजु पन्त मंगलबार, असोज २७, २०७७  १७:२३
1140x725
त्रिवि उपकुलपतिको कार्यालय। तस्बिर : त्रिवि

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले आन्दोलनरत आंशिक प्राध्यापकलाई आन्दोलन रोक्न आग्रह गरेको छ। असोज २६ गते त्रिवि रजिष्ट्रारको कार्यालयले विज्ञप्ति जारी गर्दै  आंशिक प्राध्यापकको व्यवस्थापनका लागि अतिरिक्त कक्षा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७७  जारी गरिसकिएकाले आन्दोनल रोक्न आग्रह गरिएको हो। 

त्यस्तै त्रिविले आन्दोलनको कार्यक्रम रोकी वार्तामार्फत् समस्या सामाधान गर्न समेत अनुरोध गरेको छ।

तर आंशिक प्राध्यापकले भने त्रिवि प्रशासनले वार्ताको आग्रह गरेपनि आफूहरूलाई अपमान हुने गरी निर्देशिका ल्याइएको भन्दै विरोध जारी राखिएको बताएका छन्। वार्तामा बोलाउने तर आफूहरूका माग पूरा गर्न कुनै चासो नै नदिने विगत रहेको भन्दै उनीहरूले विरोध जारी राखेका हुन्।

आंशिक प्राध्यापक संघर्ष समितिका संयोजक नरेन्द्र भण्डारीले आफूहरू अपमान गर्ने प्रकारले ल्याएकाले निर्देशिकाप्रति नै आफूहरुको विरोध रहेको बताए। ‘आंशिक प्राध्यापकलाई अपमान गर्ने खालको निर्देशिका छ,’ भण्डारीले भने, ‘यसलाई संशोधन गरेर कार्यविधि ल्याउनुपर्ने आवश्यकता छ। कार्यविधि नआएसम्म विरोध जारी रहन्छ।'

न त त्रिवि पछि सर्छ, न आंशिक प्राध्यापक
त्रिभुवन विश्वविद्यालयले आंशिक प्राध्यापकको समस्या सामाधान गर्ने भन्दै ‘अतिरिक्त कक्षा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७७’ ल्याएको छ। यो निर्देशिकाप्रति भने आंशिक प्राध्यापकहरुको विरोध छ। उनीहरूले निर्देशिकाले आंशिक प्राध्यापकको माग सम्बोधन नगरेकाले आंशिक शिक्षक तथा अतिरिक्त कक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७७’ ल्याउन माग गर्दै आएका छन्।

त्रिविले केही समयअघि आंंशिक प्राध्यापकको समस्या सामाधान गर्न बनाएको कार्यदलको सुझावअनुसार कार्यविधि नबनाई निर्देशिका बनाएको भन्दै कार्यदलकै एक सदस्यले विरोध गरे। तर त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटा भने निर्देशिका नमान्नेले मैदान खाली गरिदिनुपर्ने बताए।

'अहिले पनि निरन्तर आंशिक प्राध्यापकहरुले निर्देशिका संसोधन हुनुपर्ने कार्यविधि ल्याइनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका छन्। त्रिविले हालै जारी गरेको आंशिक प्राध्यापकको मागबारे ध्यानाकर्षण भएको र छलफल र वार्ताको लागि आह्वान गरेको छ,' उपकुलपति बास्कोटाले भने, 'निर्देशिकाको विकल्पमा कार्यविधि आउँदैन। ‘हामीले जुन प्रकारको निर्देशिका ल्याएको छौँ सोही अनुसार अघि बढ्छौँ।'

निर्देशिकामा सकारात्मक भन्दा बढी नकारात्मक पक्ष रहेको आरोप आंशिक प्राध्यापकहरूको छ। ‘सिनियारिटीका आधारमा पूर्णकालीन आंशिक प्राध्यापकलाई शिक्षण सहायकसरह सुविधा दिनुपर्ने र थोरै कक्षा लिनेको हकमा कक्षाको भारका आधारमा  मासिक रुपमा १३ महिनाको सेवासुविधा दिन माग गर्दै आएका छौं,’ भण्डारीले भने, 'यी माग त्रिविले पूरा गर्न नसक्ने होइन। माग पूरा नभए कुरा मिल्ने देखिँदैन।’

Ncell 2
Ncell 2
nimb
nimb

उपकुलपति बास्कोटा भने आंशिक प्राध्यापकहरुलाई पूर्णकालीन नगरिने बताउँछन्। ‘उहाँहरुले स्वतः स्थायी गर्न भन्नु होला,’ उनले भने, ‘आंशिकलाई पूर्णकालीन गर्ने भन्ने होइन। जस्तो निर्देशिकामा छ सोही अनुसार अघि बढ्ने त्रिविको तयारी हो।’

निर्देशिकामा जम्मा एउटा राम्रो कुरा भएको बताउँछन् आंशिक प्राध्यापकहरू। कक्षाभारको आधारमा सम्झौता गर्नुपर्दा आंशिक शिक्षकमध्येबाट ज्येष्ठता, अनुभव हासिल गरेका, हाल बढी कक्षा भार लिएकालाई प्राथामिकता दिने भन्ने विषय बाहेक अरू कुनै पनि सकारात्मक रूपमा लिन नसकिने उनीहरूको भनाइ छ।

धवलागिरि क्याम्पसका आंशिक प्राध्यापक सरोज पन्तका अनुसार डेढ दशक पढाएका आंशिक प्राध्यापकको श्रम शोषण गर्ने निर्देशिकाले आंशिक प्राध्यापकका माग सम्बोधन गर्दैन। 

आंशिक प्राध्यापकका दृष्टिमा निर्देशिकाका कमजोरी
निर्देशिकाले समान कामको समान ज्याला नभएको, काम चिन्ने तर व्यक्ति नचिन्ने र थप बौद्धिक शोषण गर्न प्रेरित गरेको आंशिक प्राध्यापकहरुको आरोप छ। १४ वर्षदेखि पूर्णकालीन अध्यापक भएर काम गरेका आंशिक प्राध्यापकलाई बेवास्ता गरेको झन् बढी श्रम शोषण गर्ने गरी निर्देशिका ल्याइएको उनीहरूको भनाइ छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यस्तै वर्षैपिच्छे अतिरिक्त कक्षाभार कोर्स सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको, अगामी शैक्षिक सत्रदेखि अहिले पढाइरहेका आंशिक प्राध्यापकले पनि यो सम्झौता गर्नुपर्नेमा आफूहरुको असहमति रहेको आंशिक प्राध्यापकले उल्लेख गरे। 

निर्देशिकामा अवकाश प्राप्त प्राध्यापकले ‘पार्ट टाइम’ पढाउन पाउने गरी प्रोत्साहित गरी कार्यरत आंशिक प्राध्यापकलाई निरुत्साहित र विस्थापन गर्ने रणनीति लिएको समेत आरोप लगाएका छन्। 

निर्देशिका कार्यान्वयन भए हाल कार्यरत आंशिक शिक्षकहरुले निर्देशिका जारी हुनुभन्दा अघिको अवधिको साविक बमोजिमको पारिश्रमिक पाउने छन्। निर्देशिका लागू भइसकेपछि प्रतिकक्षा ५ सयका दरले पारिश्रमिक प्रदान गरिने उल्लेख छ। यसैमा आंशिक प्राध्यापकहरुको विमति छ। उनीहरुको भनाइ छ, अगामी शैक्षिक सत्रदेखि भने सम्झौता गरे बमोजिम हुने सेवासुविधा प्राप्त गर्नेछन् भन्नुले यसबाट आगामी दिनमा पनि विश्वविद्यालयमा आंशिक शिक्षकको समस्या समाधान हुने आधार स्पष्ट छैन।

त्रिभुवन विश्वविद्यालयबाहेक अन्यत्र कार्यरत निजी सामुदायिक गैरसरकारी क्षेत्रमा कार्यरत पूर्णकालीन शिक्षकहरुलाई आंशिक रुपमा सम्झौता गराउन नपाउने नियम पनि उपयूक्त नभएको उनीहरुको भनाइ छ। 

प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७  १७:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ। बुधबार, कात्तिक ४, २०८३
अभिनेता महेश त्रिपाठीको दशैँ अनुभव- एक पटक पिङबाट लडेर बेहोस भएको थिएँ विस्तारै उमेर बढ्दै गयो। ठूलो हुँदै गएपछि दशैँमा हुने रौनकता घट्दै गयो। पहिले जस्तो दशैँ रहेन जस्तो लाग्थ्यो। पछि सोचेँ, दशैँ सधैं उ... बुधबार, कात्तिक ४, २०८३
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार ! सोमबारदेखि लगातार तीन दिनसम्म बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म दुईवटा बस निःशुल्क सञ्चालन गर्ने व्यवस्था सशस्त्र प्रहरीले मिलाएको छ। मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्