• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २१, २०८३ Sun, Sep 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

ओलीको विरासतनजिक को?

64x64
किशोर दहाल शनिबार, कात्तिक १, २०७७  १३:१७
1140x725

काठमाडाैं- केही नेताहरु हुन्छन्, जसलाई भविष्यका प्रभावशाली पदले पर्खिरहेका छन् जस्ता लाग्छन्। त्यस्तै मध्येका एक थिए, ईश्वर पोखरेल। तत्कालीन एमालेमा उनलाई भावी पार्टी अध्यक्ष र प्रधानमन्त्रीका रुपमा हेरिन्थ्यो।

राजनीतिक यात्रा, पार्टीभित्रका जिम्मेवारीहरु र भूमिका तथा मुख्य नेताको रुपमा बढ्दो स्वीकार्यता; यी सबैमा पोखरेल उत्तीर्ण नै थिए। केपी ओलीको पार्टीमा बढ्दो प्रभाव र बलियो उपस्थितिका बीच पोखरेल पनि सोही समूहका नेता हुनु थप योग्यता भइहाल्यो।

स्वास्थ्य अवस्थाका कारण ओलीले अब लामो समयसम्म आफ्नो समूहको नेतृत्व गरिराख्न सम्भव छैन। त्यसैले उनको विरासत कसले थाम्ने विषयमा बेलाबखतमा चर्चा हुने गर्छ। पार्टीभित्र ओलीले सिर्जना गरेको समूहको स्विकार्य नेता बन्न सक्ने व्यक्ति स्वतः प्रभावशाली नेता बन्ने छ। साथै, त्यस समूहको निरन्तरता पनि सुनिश्चित हुनेछ।

तर ओलीको विरासत कसले थाम्ने? यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि बेलाबखत पहल लिएको खबर सार्वजनिक हुने गरेका छन्। त्यसो त राष्ट्रपति नबनेकी भए भण्डारी स्वयंले ओली समूहको नेतृत्व गर्ने सम्भावना थियो। तर, अब उनी पार्श्व खेलाडी हुनसक्छिन् तर खुला नेतृत्व भने असम्भव छ। तर ओली समूहको भावी नेतृत्व खोज्ने र आधिकारिकता दिने सबालमा भने उनको भूमिका पनि निर्णायक हुनेछ।

सम्भावित केही नामहरुको चर्चा हुने गरे पनि स्पष्ट खाका भने अझै तयार भएको छैन। खासगरी केही नेतामाथि ओलीले गरिरहेको असन्तुलित परीक्षणले विरासत थाम्ने नेताको विषयमा अन्याेल देखिएको हो। भावी पार्टी अध्यक्ष र प्रधानमन्त्रीका रुपमा हेरिएका पोखरेलको नाम यहीँ जोडिन्छ। के उनी विद्यमान ओली समूहको सर्वस्वीकार्य नेतृत्व गर्दै चर्चा गरिएका पदमा पुग्न सक्छन्?

पोखरेल: नजिक हुन् कि टाढा?
चुनावमा जितेसँगै बलिया प्रधानमन्त्री भएका केपी ओलीले पोखरेललाई ‘तेजोबध’ गर्दै आएका छन्। सुरुवातमा अर्थमन्त्री को बन्ने लबिङमा रहेका पोखरेललाई ओलीले बेवास्ता गरिदिए। बरु, ‘बने ठीकै छ, नबने पनि ठीकै छ’ भन्ने आशय राखेर दिइएको रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाले। त्यतिबेला उनलाई उपप्रधानमन्त्री पनि बनाइएको थिएन। पछि तत्कालीन संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई उपप्रधानमन्त्री बनाउनैपर्ने भएपछि पार्टीको इज्जतको खातिर पोखरेल पनि उपप्रधानमन्त्री बनाइए।

पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले खोसिदिएका छन्। असोज २८ मा भएको पछिल्लो मन्त्रिपरिषद् पुनर्गठनमा पोखरेललाई रक्षा मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ। पोखरेलले असोज २९ मै पदबहाली गरिसकेका छन्।

पोखरेलका निकटस्थहरु उनको बढुवा गरिएको भन्ने प्रचारमा व्यस्त छन्। उनलाई थप जिम्मेवारी दिन लागिएको, उनले समग्र मन्त्रिपरिषद्को संयोजन गर्ने, उनी अब छाया प्रधानमन्त्री भए लगायतका चर्चा चलेका छन्। भविष्यमा थप जिम्मेवारी नै तोकियो भने अलग कुरा, अहिलेलाई भने पोखरेल बिना विभागीय मन्त्री जस्तै हुन्। स्वाभिमानमा ख्याल गर्ने नेता हुन्थे भने यस्तो अवस्थामा राजीनामा दिइसक्थे।

Ncell 2
Ncell 2
nimb
nimb

अर्को कुरा, पोखरेलले अहिलेसम्म सम्हालेको रक्षा मन्त्रालयको जिम्मेवारी सन्तोषजनक नभएको प्रधानमन्त्रीको कदमले देखाउँछ। सोही मन्त्रालयको नेतृत्व नै राम्रोसँग गर्न सकेको भए उनको भूमिका परिवर्तन आवश्यक हुँदैनथ्यो। बरु अनेक विवादमा फसेका पोखरेललाई प्रधानमन्त्रीले कुनै किसिमले ‘कारबाही’ गर्नुपर्ने आवश्यकता बोध गरेर पछिल्लो कदम चालेका हुन् भन्ने तर्कलाई खारेज गर्न सकिँदैन।

पछिल्लो समयमा पोखरेलको परीक्षण कोरोनासँग जुध्ने सरकारी संयन्त्रको नेतृत्वकर्ताको रुपमा भएको थियो। तर, त्यसमै उनी विवादित भइदिए। सरकारलाई नै कोरोना महामारीमा पनि भ्रष्टाचार गरेको भन्ने आरोप उनकै कारण लाग्न पुग्यो। कोरोनासँगको लडाइँमा सरकार असफल भएको कोरोनासँग सम्बन्धित पछिल्ला तथ्यांकले बुझाउँछ। उनीप्रति सेनासमेत असन्तुष्ट भयो। यसबाहेक मन्त्रीका रुपमा उनी अनेक विवादमा फसे। जसका कारण उनले आफ्नै समूहका नेताहरुको पनि आलोचना खेपे। ती सबैको प्रतिफल उनले आफ्नो मन्त्रालय गुमाए।

सरकारतिर मात्रै होइन, पार्टीतिर पनि ओलीको पोखरेलप्रतिको व्यवहार अनौठो छ। एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएका बेला ओलीले पोखरेलको महासचिव पद खोसिदिए। पार्टी एकताका बेला सबै शक्ति र निर्णय प्रक्रियालाई आफूमा केन्द्रित गरेका ओलीले चाहेका भए पोखरेलको पदले निरन्तरता पाउन असम्भव थिएन। पछि पनि एमालेमै छँदाको वरिष्ठता सम्झना गरेर झलनाथ खनालको वरियता उकासियो। एमालेमा छँदा उपाध्यक्ष थिए भने वामदेव गौतमलाई पनि नेकपाको उपाध्यक्ष बनाइयो। पोखरेलको हकमा भने कुनै फलदायी निर्णय भएको छैन।

तर पोखरेलको ओली भक्तिमा कुनै कमी आएको छैन। ओलीप्रतिको अतिरिक्त अनुरागले उनले पार्टी एकतापछि नै अर्को समूहप्रति अनुदार देखिए। जबज चर्चा सुरु गरे, आफूलाई जबजको व्याख्याताको रुपमा स्थापित गर्ने प्रयास गरे। सोही सूत्रले पूर्वएमालेलाई जोड्ने र आफू नेतृत्वकर्ता हुने रणनीति अख्तियार गरे। तर ती प्रयास निष्फल साबित भइसकेका छन्। पार्टी एकताको दुई वर्ष बितिसक्दा पनि उनले आफ्नो आवश्यकता बोध गराउन सकेका छैनन्। न त सरकारमै खरो उत्रिन सके।

विरासत थाम्ने आकलन गरिएका पोखरेलप्रति ओलीको बढ्दो अस्वीकार्यताले सो समूहको उत्तराधिकारीको रुपमा उनी स्थापित हुनेमा आशंका गर्न सकिन्छ।

अरु छन् पनि, छैनन् पनि
ओली समूहमा उनीपछि सबैभन्दा उच्च तहका नेता ईश्वर पोखरेल नै हुन्। तर उनलाई विरासतको नेतृत्व दिन नचाहँदा आफ्नै समूहबाट नेता खोज्न ओलीलाई मुस्किल छ। ईश्वर पोखरेलका अतिरिक्त ओलीले निरन्तर बलियो साथ पाएका नेताहरुमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ तथा शंकर पोखरेल लगायतका छन्।

नेकपा गठन हुँदै गर्दा विष्णु पौडेललाई महासचिव बनाइयो। जबकि, तत्कालीन एमालेमा उनी उप-महासचिव थिए। तर एकता प्रक्रियामा केही ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहज संवाद गराउन सकेको र विश्वास दिलाएकै कारण उनको पदीय बढोत्तरी सम्भव भयो। त्यससँगै उनलाई भावी पार्टी नेतृत्वको रुपमा विश्लेषण गरियो।

यसबीचमा पौडेलले ओलीलाई साथ दिएका छन्। अप्ठ्यारो पर्दा ओलीकै पक्षमा उभिएका छन्। तर सबैबीच उनका आफ्नै मान्यता, सर्त र स्वार्थ भएजस्तो बुझिन्छ। त्यसलाई केन्द्रमा राखेरै निर्णय गर्ने गरेको देखिन्छ। यद्यपि, उनीप्रति ओलीको भरोसा कायमै छ भन्नलाई अर्थमन्त्री बनाएर दिइएको पछिल्लो पुरस्कारले पनि पुष्टि गर्छ।

के पौडेलले ओलीको विरासत थाम्न सक्लान्? राजनीतिमा असम्भव भन्ने केही छैन भनिन्छ, पौडेलको हकमा पनि त्यस्तै हो। असम्भव नभए पनि सजिलो छैन। बालुवाटार जग्गा प्रकरणमा मुछिएसँगै उनका कैयौं अस्वभाविक सम्बन्धहरु चर्चामा आए। त्यस्तै, आफूलाई केन्द्रमा राखेर रणनीति बनाउने र समूहभित्रैका नेताहरुमाथि खेल्ने उनको स्वभावले गर्दा अहिल्यै उनीप्रति ओली समूहका नेताहरुले असन्तुष्टि व्यक्त गर्छन्। जसले गर्दा अब उनी नेतृत्वका रुपमा उभ्याइन सक्छन्, उदाउन कठिन छ।

ज्ञवाली र नेम्वाङ ओलीका बलिया सारथी हुन्। तर उनीहरुलाई नेतृत्वकै रुपमा भने हेरिँदैन।

अन्य नेताको तुलनामा ओली समूहबाट शंकर पोखरेलको सक्रियता र स्वीकार्यता बढ्दै गएको देखिन्छ। पार्टीभित्रको विवादका बेला उनी रातारात काठमाडौं आएर नेताहरुसँग छलफल गरेर निकास निकाल्छन्। गत वैशाखदेखि सूत्रपात भएको पार्टी विवाद मिलाउन उनले निकै सक्रियता देखाए। प्रचण्डसँग ओलीको संवाद रोकिँदा पुलको काम गर्नेमा उनी अग्रस्थानमा रहे। पछिल्लो पटक कर्णाली विद्रोहलाई सल्टाउन पनि उनी लुम्बिनी प्रदेशदेखि काठमाडौं आइपुगे।

‘पार्टी केन्द्रमा र प्रदेशमा उनले खेलेको भूमिकाका कारण पनि उनको उदय जबर्जस्त हुँदै गएको छ। तर तत्कालै उनले सो समूहको नेतृत्व गरिहाल्लान् भन्नेचाहिँ देखिँदैन’, माधव नेपाल समूहका एक नेता भन्छन्।

त्यसो त समूह बाहिरका नेताहका विषयमा पनि चर्चा नचलेको होइन। यस्तो प्रस्ताव वामदेव गौतमदेखि प्रचण्डसम्मलाई गरिसकिएको छ। गौतमलाई त गत महाधिवेशनकै बेलामा ओलीपछि सो समूहको नेता बनाउने भनेर साथ मागिएको थियो। गौतमले त्यसअघि र त्यसपछि पनि ओलीलाई पटकपटक साथ दिएका छन् तर गौतमले भने साथ पाएका छैनन्। उनलाई उपभोग मात्रै गरिने भएकाले नेतृत्व नै जिम्मा लगाउने अवस्थाचाहिँ देखिँदैन।

‘लामो समयसम्म अर्कै समूहको नेतृत्व गर्दै आएका र अस्थिर स्वभावका कारणले पनि उहाँ हाम्रो समूहका नेता बन्न सक्नुहुन्न’, ओली समूहका एक केन्द्रीय सदस्य भन्छन्, ‘उहाँको योगदान पार्टीभित्र धेरै छ। तर, हाम्रो समूहको नेताको रुपमा चाहिँ कसरी स्वीकार्य हुनुहुन्न।‘

यसबीचमा ओलीले प्रचण्डलाई पनि सर्तसहित पार्टी अध्यक्ष बन्न समेत प्रस्ताव राखेका छन्। पार्टीभित्रको विवाद चर्किँदै जाँदा गत साउन ३ गते राष्ट्रपति निवासमा भएको छलफलमा जबज स्वीकार गरे पार्टी अध्यक्षमा सघाउने प्रस्ताव राखेका थिए। तर, प्रचण्डले त्यसलाई अस्वीकार गरिदिए।

नेकपाको आगामी महाधिवेशन सहमतिको महाधिवेशन हुने तय भइसकेको छ। ओलीले नेतृत्वमै रहने चाहना व्यक्त गरे भने महाधिवेशनपछि अहिलेकै सांगठनिक ढाँचा र नेताहरुको पदीय जिम्मेवारी दोहोरिने हुनसक्छ। तर, ओलीले नेतृत्वमा नरहने निर्णय गरे भनेचाहिँ केही उथलपुथल देखिन सक्छ। त्यतिबेला पूर्वएमाले एकतिर हुने सम्भावना छँदैछ। अर्कोतिर, ओलीले अध्यक्षमा प्रचण्डलाई सघाएर महत्त्वपूर्ण पदाधिकारी आफ्नो तर्फबाट बनाउने सम्भावना पनि हुन्छ। त्यतिञ्जेल शीर्ष नेताहरुको सम्बन्ध र दाउपेच कसरी अगाडि बढ्छ, त्यसले पार्टीभित्रको समीकरण थप स्पष्ट हुँदै जानेछ।

ओली समूह हाँक्ने योग्यता
पार्टीभित्र मुख्यगरी विचार र स्वार्थको समूह हुन्छन्। तर विचार वा एजेन्डाका आधारमा समूह बन्ने विषय नेपाली राजनीतिमा दुर्लभ छ। किनकि, पार्टीभित्र विचारको बहस हुन छाडेको धेरै समय भइसक्यो। खास विचार पद्धतिलाई खास पार्टीले अवलम्बन गर्दा वा नगर्दा तिनको कार्यशैली र निर्णय प्रक्रियामा प्रभाव पर्ने सम्भावना पनि देखिँदैन। त्यसैले समूह बन्ने बलियो आधार स्वार्थ हो।

पार्टीभित्रका समूहहरुले शक्तिको अभ्यास गर्ने, पार्टी निर्णयमा प्रभाव पार्ने, पार्टी निर्णय लागू गर्ने वा लागू हुन नदिने, पार्टीले पाउने अवसरमा आफ्ना समूहका नेतालाई भाग पुर्‍याउने, कार्यकर्तालाई अप्ठ्यारो पर्दा बचाउने र संरक्षण गर्ने, चुनावमा बढीभन्दा बढी टिकट हात पार्ने लगायतका कैयौं काम गर्छन्। पार्टी पद्धतिभन्दा पनि समूह पद्धति मुख्य बनाइन्छ। संस्थापनमा भए इतर समूहलाई पेल्ने र संस्थापन इतरतिर भए संस्थापनलाई असहयोग गर्ने र आफ्नो भूमिका बढाउने जस्ता क्रियाकलाप सबैजसो पार्टीभित्रका समूहमा देखिने साझा विशेषता हो। 

यी सबै काममा ओली पनि पोख्त छन्। स्वाभाविक छ, त्यही खालको गुण आफ्नो उत्तराधिकारीमा पनि उनले खोजेका छन्। ओली समूहका र इतर समूहका नेताहरुसँग कुरा गर्दा उनीहरु जबजप्रति अपनत्व राख्नेदेखि अर्को समूहका नेतृत्वकर्तासँग जुध्नेसक्ने क्षमताको आवश्यकता देख्छन्।

ओलीको कार्यशैली, उनीहरुको समूहको मान्यता र बहसलाई नियाल्दा सो समूहको विरासत थाम्नलाई थप केही ‘योग्यता’ भएको नेता हुनुपर्ने देखिन्छ। मुख्यतः जबजप्रति प्रतिबद्ध हुनुपर्ने हुन्छ। ओली निकटका नेताहरुमा पोखरेलद्वयमा नै ती योग्यता देखिन्छ। 

पदले राष्ट्रपति भए पनि नेकपाभित्र राष्ट्रपति विद्यादेवी भण्डारी प्रभावशाली छिन्। राष्ट्रपति बन्नुअघि उनी पनि ओली समूहको बलियो नेता थिइन्। त्यसैले सो समूहको उत्तराधिकारी बन्ने नेताले उनको पनि विश्वास जित्नुपर्ने आवश्यकता छ। त्यसका लागि भण्डारीसँग भावनात्मक साइनो रहेको जबजलाई मन्त्र समान मान्ने नेता हुनु जरुरी देखिन्छ।

अर्कोतिर, भण्डारीसँग मदन भण्डारी फाउन्डेसन पनि जोडिन्छ। फाउन्डेसनको एकाधिकार ओली समूहमा छ। पार्टीभित्रकै फरक समूहका नेताले त्यसलाई समानान्तर पार्टीका रुपमा व्याख्या गर्छन्। बलियो आर्थिक क्षमता भएकोले त्यसमार्फत धेरै कार्यकर्तालाई जोडिराख्न सहज भएको छ।

पार्टीभित्र अहिले नै ओली समूहसँग प्रतिस्पर्धा गरिरहेको उस्तै बलिया दुई समूह छन्। प्रचण्ड र माधव नेपाल नेतृत्वमा। उनीहरुसँग जुध्ने क्षमता ओलीसँग रहेको देखिएकै छ। ओलीको विरासत थाम्ने नेताले ती नेता र समूहसँग जुध्ने क्षमता राख्नुपर्छ। प्रोफाइलमा तल रहेका नेताले आफ्नो समूहको हितका लागि जायज/नाजायक रणनीति अख्तियार गर्ने नैतिक क्षमता राख्दैनन्। 

सबैभन्दा मुख्यचाहिँ आफ्नो समूहभित्र स्वीकार्य बन्न सक्ने नेता चाहिन्छ। ओलीपछिका सो समूहका नेताहरुमा अहिले नै एक अर्कालाई नस्वीकार्ने प्रवृत्ति देखिन्छ। नेतृत्वमा ओली हुँदा उनीहरु आफ्नो भूमिका निर्वाह गर्न सक्छन् तर आफैं नेतृत्व गरेर सबैलाई मिलाएर अघि बढ्ने गुणचाहिँ उनीहरुसँग देखिँदैन।
 

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  १३:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
सरकारले किन रोक्यो रेडक्रसले ल्याएको राहत सामाग्री शनिबार, भदौ २०, २०८३
टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा राखियो शनिबार, भदौ २०, २०८३
त्रिशूली–३ बीको सुरुड्डमा एक एक्साभेटर जानमिल्ने बाटो बनाइयो शनिबार, भदौ २०, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला, कुन जिल्लामा कति? शनिबार, भदौ २०, २०८३
पहिरोले कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान शुक्रबार, भदौ १९, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्