काठमाडौं– काभ्रेमा यात्रुवहाक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।
बनेपातर्फबाट भकुन्डेबेसीतर्फ जाँदै गरेको यात्रुवहाक बस आज दिउँसो दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रबिन विष्टले जानकारी दिए।
‘७ जनाको शव फेला परेको छ, १६ जना घाइतेलाई उद्धार गरेर धुलिखेल अस्पताल पठाएका छौं,’ उनले भने।
बा ३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको हो। बस सडकबाट करिब २ सय मिटर तल खसेको हो।
काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भकुन्डेबेसी नपुग्दै बुच्चाकोटमा बस दुर्घटनामा परेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।