काठमाडाैं-सर्वोच्चलगायत देशभरका अदालत कात्तिक १ गतेदेखि १५ गतेसम्म बन्द भएका छन्।
कात्तिक १ गते घटस्थापनाको दिनदेखि १५ गते कोजाग्रत पूर्णिमाको दिनसम्म अदालत बन्द रहने सूचना जारी गरेर जानकारी गराइएकाे छ। दसैंका बेलामा सँधै यो अवधिमा अदालत बन्द हुने गर्दछ।
तर, यो अवधिमा पनि बन्दीप्रत्यक्षीकरणको रिटमा भने सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासन महाशाखाले जनाएको छ। शनिबार र विजयादशमी टिकाको दिनबाहेक अरु दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि भने खुला रहनेछ । अरु प्रकारका मुद्दाहरुमा भने सुनुवाइ हुनेछैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।