काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले रुकुम चौरजहारी सोतीमा २०७७ जेठ १० गते ६ जना युवाहरुको मृत्यु भएको घटनाका पीडितका परिवारलाई अन्तरिम राहत स्वरुप १ लाख रूपैयाँ उपलब्ध गराउन भनेको छ।
प्रतिवेदनमा छलफल हुँदा उक्त घटनामा मृत्यु भएका र जातीय विभेद तथा बालविवाह रोकथाम र नियन्त्रणका लागि तीनै तहका सरकारलाई स्थानीय तहसम्म प्रवर्द्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्नेगरी यस्ता विषयमा शून्य सहनशीलता अपनाउन समेत नेपाल सरकारलाई नीतिगत सिफारिस गर्ने निर्णय आयोगले गरेको छ।
आयोगले उक्त घटनालाई जातीय विभेदको जगमा भएको अमानवीय घटना ठहर गरेको छ। रुकुम प्रेमिका लिन गएका नवराज विकसहितका ६ जनाको हत्या भएको थियो। उनीहरुको मुद्दा उच्च अदालतमा रहेको छ।
त्यस्तै रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका- ७ का नोरितराम डाँगी, विमला केसी र विजय केसी तथा वडा नं. ४ का गौरव नेपालीको २०७७ वैशाख १७ गते बेवारिसे वम विष्फोटनमा परी मृत्यु भएको पीडित परिबारलाई पनि जनही १ लाख क्षतिपूर्ति दिन भनेको छ।
मृत्यु भएका बालबालिकाका परिवारलाई अन्तरिम राहत स्वरुप जनही रकम उपलव्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय आयोगले गरेको छ।
घटनाको सम्बन्धमा विस्तृत अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्देशन दिने निर्णय पनि आयोगले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।