बैतडी- बैतडीको सुर्नया गाउँपालिका- ५ का वडाध्यक्ष केशव मडैको निधन भएको छ। उनकाे बिहीबार ७० बर्षको उमेरमा निधन भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।
उनले भने‚ ‘बिहान घरमै रहेका बेला एक्कासी मुर्छा परेर ढलेपछि उहाँलाई उपचारको लागि जिल्ला अस्पताल बैतडीमा पुर्याएपछि दिउँसो ३ बजेतिर निधन भएको हो।’
मृतक वडाध्यक्ष लामो समयदेखि सुगर, प्रेसर र जण्डिसको बिरामी रहेको सुर्नया गाउँपालिकाका उपाध्यक्ष लिला विष्टले बताइन्।
वडाध्यक्ष मडैको ३/४ दिनदेखि नै स्वास्थ्य अवस्था सामान्य नरहेको बुझिन आएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।