काठमाडौं- मानव अधिकार आयोगले बीस वर्षका अवधिमा करिब १२ सय सिफारिस गरेको छ। बालबालिका, महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायतका व्यक्ति तथा समुदायका मानव अधिकार उल्लंघन एवं दुरुत्साहनका उल्लेखनीय घटनाहरू भएको आयोगले जनाएको छ।
बीस वर्षको अवधिमा भएका १ हजार १ सय ९५ वटा सिफारिसहरूमा जम्मा पीडितहरूको संख्या २ हजार ४ सय ३५ जना रहेको आयोगले जनाएको छ।
जसमध्ये महिला ४०३ जना र पुरुष २ हजार ३२ जना रहेका छन्। उजुरीमा उल्लेख गरिएका व्यक्तिहरू बाहेक ३५ समुदाय समेतको मानव अधिकार उल्लंघन भएकोले पीडित व्यक्तिको साथसाथै समुदायको मानव अधिकार संरक्षण गर्न समेत आयोगबाट सिफारिस भएको छ।
पीडितहरूको वर्गिकरणमा २ हजार ४ सय ३५ जना पर्दा खस आर्य ९३१, आदिवासी जनजाति ५९२, दलित २५०, मधेशी २१२, थारु ३२२, मुस्लिम ५७ र बालबालिका २०९ जना रहेका छन्। जातीय विविधताको आधारमा खस आर्य सबैभन्दा बढी ९३१ र सबैभन्दा कम ५७ जना मुस्लिम पीडित रहेका छन्। जसको विस्तृत विवरण तल तालिका नं. ७ बाट स्पष्ट गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।