• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विष्णु पौडेल दोस्रो पटक अर्थमन्त्री बन्दा पनि किन खुसी छैनन् रुपन्देहीवासी ?

64x64
दुर्गा दुलाल बिहीबार, असोज २९, २०७७  ०७:०८
1140x725

बुटवल- प्रदेश ५ को राजधानी दाङ सार्ने निर्णयका लागि प्रदेश सभामा प्रस्ताव पेश भएलगत्तै रुपन्देहीमा नेकपाभित्र हलचल भयो । नेकपाका प्रभावशाली नेता र महासचिवको क्षेत्रबाट कसरी राजधानी दाङ गयो भनेर चर्चा सुरु भयो। सोही समयमा महासचिव विष्णु पौडेलले अर्थ मन्त्रालयसँग राजधानी साट्ने सम्झौता गरे भनेर नेकपाभित्र चर्चा पनि भयो। यो चर्चा राजधानी नपाउने क्षेत्रमा बढी भयो।

राजधानी सार्ने प्रस्तावप्रति विपक्षी कांग्रेसमात्र होइन व्यवसायीहरु पनि निकै आन्दोलित भएका थिए। स्थायी राजधानी देउखुरी बनाउने प्रस्ताव पारित हुने दिन नेकपासम्बद्ध २ हजार २ सय व्यवसायीहरुले पार्टी छाडेको घोषणा गरे । पत्रकार सम्मेलन नै गरेर उनीहरुले अब नेकपामा नरहेको घोषणा गरे। उनीहरुले राजधानी कायम राख्ने बारेमा पार्टीका नेताहरुले अडान लिन नसकेको भन्दै नेकपा छाडेको बताएका थिए।  

यति हुँदा पनि महासचिव पौडेल मौन रहे।  राजधानीकाे प्रस्ताव अन्तत: पारित भयो र प्रदेशको राजधानी दाङ पुग्यो । यसरी प्रभावशाली नेताको निर्वाचन क्षेत्रमा रहेको अस्थायी राजधानी दाङ पुगेको केही दिनमै पौडेल अर्थमन्त्रीको जिम्मेवारी पाए। 'स्याल कराउनु र कुखुरो हराउनु' संयोगमात्र नहोला भन्दै अहिले रुपन्देहीबासी वेखुसी देखिएका छन् । 

२०७२ सालमा विष्णु पौडेल अर्थमन्त्री बन्दा रुपन्देहीबासी र पार्टीका कार्यकर्तामा खुसीयाली बेग्लै  थियो। मन्त्री भएर जिल्ला आइसकेपछि व्यवसायीक संस्थाहरुले हार्दिकताका साथ सम्मान कार्यक्रम गरेका थिए । उनीहरुले आफूहरुले जिताएको व्यक्ति अर्थमन्त्री भएको र उक्त क्षेत्रमा विकासका अरु सम्भावनाहरु आउने भन्दै खुसी साटेका थिए ।  त्यसको  ठीक ५ वर्षपछि  पार्टीको सचिवालयमा रहेका शक्तिशाली नेता पौडेलले पुन: सोही मन्त्रालय सम्हाल्ने जिम्मेवारी पाउँदा  जिल्लामा उत्साहभन्दा आक्रोश बढी  देखिएको  छ । 

असोज १६ गते प्रदेश सभामा एकाएक स्थायी राजधानी दाङको देउखुरीमा बनाउने र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पेशपछि पौडेलसँग असन्तुष्ट रहेका जनता अहिले मन्त्रीसँग राजधानी साटेको भन्दै दुखी भएका हुन्। दाङ स्थायी राजधानी बनाउने प्रस्ताव पेश भएलगत्तै रुपन्देहीका सडक तातेका थिए। नेकपाको संसदीय दलको बैठकमा १४ सांसदले असहमति राख्दै पौडेललाई समेत गुहारेका थिए। बुटवल क्षेत्र समेटिएको रुपन्देही २ का प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले मुख नखोलेपछि उनीहरु सशंकित भएका थिए । 

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को आदेश अनुसार स्थायी राजधानी दाङ बनाउने प्रस्ताव पेश भएको र पौडेलले अर्थ मन्त्रालय पाउने भएपछि मौन बसेको स्थानीयको बुझाइ छ। 

नेकपाकै सरकारले देउखुरी प्रस्ताव पेश गरेपछि विष्णु पौडेलले वुटवल हुने भनि गरेका चुनावी भाषणहरु सामाजिक सञ्जालमा भाइरल भए । २०७४ सालको चुनावमा पाैडेलकाे मुख्य चुनावी एजेण्डा प्रदेशको राजधानी बुटवल नै हुने थियो । तत्कालीन एमालेको प्रदेश कार्यालय बुटवलमै स्थापना भएकाले नेकपाले जिते प्रदेश कार्यालय यही रहने उनको तर्क थियो । चुनावपछि बुटवल अस्थायी राजधानी तोकिएको पनि  थियो । त्यसपछि पनि पौडेलले बुटवलबाट राजधानी कुनै हालतमा नसर्ने दाबी गर्दै आएका थिए ।  अन्तत: असोज २० गते स्थायी राजधानी दाङ राख्ने प्रस्ताव प्रदेश सभाबाट पारीत भएरै छाड्यो, उनी मौन बसिरहे ।  

नेपाली कांग्रेस बुटवल नगरसभापति खेलराज पाण्डेले विष्णु पौडेलले प्रदेशको राजधानीसँग अर्थमन्त्री साट्दैछन् भन्ने पहिले नै थाहा भएको टिप्पणी गरे ।  ‘रुपन्देहीमा राजधानीको पक्षमा यत्रो आन्दोलन हुँदा त्यस सम्बन्धमा कुनै प्रतिक्रिया आएको थिएन,’ उनले भने ‘त्यसैले प्रदेश राजधानी सार्ने प्रस्ताव पारित भएपछि पौडेल मन्त्री बन्नुहुन्छ भन्ने लागेको थियो ।’ नगर सभापति पाण्डेले पहिले आफ्नो क्षेत्रबाट जुन पार्टीको मान्छे मन्त्री बने पनि गौरवको विषय हुने भए पनि अहिले पौडेल मन्त्री बन्दा आम जनतामा नकारात्मक सन्देश गएको तर्क गरे ।  

नेकपा छोडेको घोषणा गर्नेमध्ये एक थिए रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी। उनले पौडेल मन्त्री भएकोमा खुसी हुनुपर्नेमा त्यसाे हुन नसकेको बताए।   ‘हाम्रो क्षेत्रका अर्थमन्त्री बन्नुभयो भनेर उत्सव मनाउने अवस्थामा हामी छैनौं ’ उनले भने  ‘राजधानी गएको पीडामा हामी सन्नाटामै छौं ।’
 
लोहनीले स्थायी राजधानी सार्ने प्रस्तावको विरुद्धमा केन्द्रदेखि जिल्ला तहसम्म नेकपाका कुनै  पनि व्यक्तिले नबाेलेकाेमा दु:ख लागेको बताए।  ‘नेकपाका दुई अध्यक्ष, मुख्यमन्त्री शंकर पोखरेल, विष्णु पौडेलबीच मन्त्री हुने सहमति भएको रहेछ,’ उनले भने ‘अनि  पो कोही केन्द्रीय नेता बोलेनन्, न प्रदेश कमिटीका न जिल्ला कमिटीका कोही बोले ।’ 

राजधानी सार्ने निर्णयको विरुद्ध गठित व्यवसायीहरुको संघर्ष समितिका संयोजक तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले विष्णु पौडेलले प्रदेशको राजधानीसँग अर्थमन्त्री साटेको  भन्न अब नौलो नभएको बताए । समयले यही कुरा पुष्टि गरेकाले यसमा  अब भन्नु पर्ने बाँकी नरहेको उनले बताए ।  ‘पहिला यस्तो हल्ला र आरोप मात्र थियो ’ उनले भने ‘अहिलेचाहिँ अर्थमन्त्रीको बार्गेनिङ गरेरै दाङ राजधानी सार्न सहमत भएको भन्ने पुष्टि भयो ।’  

उनले भने, ‘हामी व्यवसायी मान्छेले विष्णु पौडेललाई यस क्षेत्रको सर्वमान्य नेता ठानेका थियौं। स्थायी राजधानी उता गएपछि त हाम्रो नेता उहाँ होइन भन्ने त सिद्ध भयो नि ।’   
 

प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  ०७:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीलाई दिइएको कैद माफीविरुद्ध शारदा कडायतले दायर गरेको रिट खारेज गर्दै राष... मंगलबार, असोज ६, २०८३
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना मंगलबारको बैठक अन्त्य गर्दै सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली–२०८३ का नियम २० र २१ सम्झाउँदै बैठकमा मोबाइल फोन प्रयोग, फोटो तथा... मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय बैठक : नेताहरूको फरक–फरक धारणा, ओलीप्रति नरम बैठकमा अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहँदा पार्टीभित्रको आन्तरिक अवस्था, नेतृत्वको कार्यशैली, बैठक सञ्चा... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा मंगलबार, असोज ६, २०८३
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना मंगलबार, असोज ६, २०८३
‘राष्ट्रिय सेवा दल’ मार्फत बालबालिकालाई सैन्य तालिम नदिन सिजपको आग्रह, विधेयक संशोधन गर्न माग मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय बैठक : नेताहरूको फरक–फरक धारणा, ओलीप्रति नरम मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्