• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर २४, २०८२ Wed, Dec 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विष्णु पौडेल दोस्रो पटक अर्थमन्त्री बन्दा पनि किन खुसी छैनन् रुपन्देहीवासी ?

64x64
दुर्गा दुलाल बिहीबार, असोज २९, २०७७  ०७:०८
1140x725

बुटवल- प्रदेश ५ को राजधानी दाङ सार्ने निर्णयका लागि प्रदेश सभामा प्रस्ताव पेश भएलगत्तै रुपन्देहीमा नेकपाभित्र हलचल भयो । नेकपाका प्रभावशाली नेता र महासचिवको क्षेत्रबाट कसरी राजधानी दाङ गयो भनेर चर्चा सुरु भयो। सोही समयमा महासचिव विष्णु पौडेलले अर्थ मन्त्रालयसँग राजधानी साट्ने सम्झौता गरे भनेर नेकपाभित्र चर्चा पनि भयो। यो चर्चा राजधानी नपाउने क्षेत्रमा बढी भयो।

राजधानी सार्ने प्रस्तावप्रति विपक्षी कांग्रेसमात्र होइन व्यवसायीहरु पनि निकै आन्दोलित भएका थिए। स्थायी राजधानी देउखुरी बनाउने प्रस्ताव पारित हुने दिन नेकपासम्बद्ध २ हजार २ सय व्यवसायीहरुले पार्टी छाडेको घोषणा गरे । पत्रकार सम्मेलन नै गरेर उनीहरुले अब नेकपामा नरहेको घोषणा गरे। उनीहरुले राजधानी कायम राख्ने बारेमा पार्टीका नेताहरुले अडान लिन नसकेको भन्दै नेकपा छाडेको बताएका थिए।  

यति हुँदा पनि महासचिव पौडेल मौन रहे।  राजधानीकाे प्रस्ताव अन्तत: पारित भयो र प्रदेशको राजधानी दाङ पुग्यो । यसरी प्रभावशाली नेताको निर्वाचन क्षेत्रमा रहेको अस्थायी राजधानी दाङ पुगेको केही दिनमै पौडेल अर्थमन्त्रीको जिम्मेवारी पाए। 'स्याल कराउनु र कुखुरो हराउनु' संयोगमात्र नहोला भन्दै अहिले रुपन्देहीबासी वेखुसी देखिएका छन् । 

२०७२ सालमा विष्णु पौडेल अर्थमन्त्री बन्दा रुपन्देहीबासी र पार्टीका कार्यकर्तामा खुसीयाली बेग्लै  थियो। मन्त्री भएर जिल्ला आइसकेपछि व्यवसायीक संस्थाहरुले हार्दिकताका साथ सम्मान कार्यक्रम गरेका थिए । उनीहरुले आफूहरुले जिताएको व्यक्ति अर्थमन्त्री भएको र उक्त क्षेत्रमा विकासका अरु सम्भावनाहरु आउने भन्दै खुसी साटेका थिए ।  त्यसको  ठीक ५ वर्षपछि  पार्टीको सचिवालयमा रहेका शक्तिशाली नेता पौडेलले पुन: सोही मन्त्रालय सम्हाल्ने जिम्मेवारी पाउँदा  जिल्लामा उत्साहभन्दा आक्रोश बढी  देखिएको  छ । 

असोज १६ गते प्रदेश सभामा एकाएक स्थायी राजधानी दाङको देउखुरीमा बनाउने र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पेशपछि पौडेलसँग असन्तुष्ट रहेका जनता अहिले मन्त्रीसँग राजधानी साटेको भन्दै दुखी भएका हुन्। दाङ स्थायी राजधानी बनाउने प्रस्ताव पेश भएलगत्तै रुपन्देहीका सडक तातेका थिए। नेकपाको संसदीय दलको बैठकमा १४ सांसदले असहमति राख्दै पौडेललाई समेत गुहारेका थिए। बुटवल क्षेत्र समेटिएको रुपन्देही २ का प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले मुख नखोलेपछि उनीहरु सशंकित भएका थिए । 

Ncell 2
Ncell 2

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को आदेश अनुसार स्थायी राजधानी दाङ बनाउने प्रस्ताव पेश भएको र पौडेलले अर्थ मन्त्रालय पाउने भएपछि मौन बसेको स्थानीयको बुझाइ छ। 

नेकपाकै सरकारले देउखुरी प्रस्ताव पेश गरेपछि विष्णु पौडेलले वुटवल हुने भनि गरेका चुनावी भाषणहरु सामाजिक सञ्जालमा भाइरल भए । २०७४ सालको चुनावमा पाैडेलकाे मुख्य चुनावी एजेण्डा प्रदेशको राजधानी बुटवल नै हुने थियो । तत्कालीन एमालेको प्रदेश कार्यालय बुटवलमै स्थापना भएकाले नेकपाले जिते प्रदेश कार्यालय यही रहने उनको तर्क थियो । चुनावपछि बुटवल अस्थायी राजधानी तोकिएको पनि  थियो । त्यसपछि पनि पौडेलले बुटवलबाट राजधानी कुनै हालतमा नसर्ने दाबी गर्दै आएका थिए ।  अन्तत: असोज २० गते स्थायी राजधानी दाङ राख्ने प्रस्ताव प्रदेश सभाबाट पारीत भएरै छाड्यो, उनी मौन बसिरहे ।  

नेपाली कांग्रेस बुटवल नगरसभापति खेलराज पाण्डेले विष्णु पौडेलले प्रदेशको राजधानीसँग अर्थमन्त्री साट्दैछन् भन्ने पहिले नै थाहा भएको टिप्पणी गरे ।  ‘रुपन्देहीमा राजधानीको पक्षमा यत्रो आन्दोलन हुँदा त्यस सम्बन्धमा कुनै प्रतिक्रिया आएको थिएन,’ उनले भने ‘त्यसैले प्रदेश राजधानी सार्ने प्रस्ताव पारित भएपछि पौडेल मन्त्री बन्नुहुन्छ भन्ने लागेको थियो ।’ नगर सभापति पाण्डेले पहिले आफ्नो क्षेत्रबाट जुन पार्टीको मान्छे मन्त्री बने पनि गौरवको विषय हुने भए पनि अहिले पौडेल मन्त्री बन्दा आम जनतामा नकारात्मक सन्देश गएको तर्क गरे ।  

नेकपा छोडेको घोषणा गर्नेमध्ये एक थिए रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी। उनले पौडेल मन्त्री भएकोमा खुसी हुनुपर्नेमा त्यसाे हुन नसकेको बताए।   ‘हाम्रो क्षेत्रका अर्थमन्त्री बन्नुभयो भनेर उत्सव मनाउने अवस्थामा हामी छैनौं ’ उनले भने  ‘राजधानी गएको पीडामा हामी सन्नाटामै छौं ।’
 
लोहनीले स्थायी राजधानी सार्ने प्रस्तावको विरुद्धमा केन्द्रदेखि जिल्ला तहसम्म नेकपाका कुनै  पनि व्यक्तिले नबाेलेकाेमा दु:ख लागेको बताए।  ‘नेकपाका दुई अध्यक्ष, मुख्यमन्त्री शंकर पोखरेल, विष्णु पौडेलबीच मन्त्री हुने सहमति भएको रहेछ,’ उनले भने ‘अनि  पो कोही केन्द्रीय नेता बोलेनन्, न प्रदेश कमिटीका न जिल्ला कमिटीका कोही बोले ।’ 

राजधानी सार्ने निर्णयको विरुद्ध गठित व्यवसायीहरुको संघर्ष समितिका संयोजक तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले विष्णु पौडेलले प्रदेशको राजधानीसँग अर्थमन्त्री साटेको  भन्न अब नौलो नभएको बताए । समयले यही कुरा पुष्टि गरेकाले यसमा  अब भन्नु पर्ने बाँकी नरहेको उनले बताए ।  ‘पहिला यस्तो हल्ला र आरोप मात्र थियो ’ उनले भने ‘अहिलेचाहिँ अर्थमन्त्रीको बार्गेनिङ गरेरै दाङ राजधानी सार्न सहमत भएको भन्ने पुष्टि भयो ।’  

उनले भने, ‘हामी व्यवसायी मान्छेले विष्णु पौडेललाई यस क्षेत्रको सर्वमान्य नेता ठानेका थियौं। स्थायी राजधानी उता गएपछि त हाम्रो नेता उहाँ होइन भन्ने त सिद्ध भयो नि ।’   
 

प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  ०७:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा देश जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकताअनुसार आफू अघि बढ्न तयार रहेको उनको भनाइ छ। नेता भण्डारीले साथीहरूको सुझाव, समयको माग... बुधबार, मंसिर २४, २०८२
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : संयोजक दाहाल ७७औँ विश्वमानव अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र साँच्चै लोकतान्त्रि... बुधबार, मंसिर २४, २०८२
अब सक्रिय राजतन्त्र सम्भव छैन : धवल शमशेर राणा उनले सक्रिय राजतन्त्रसँग आफूहरू सहमत नभएको तर नेपालमा संवैधानिक राजसंस्था आवश्यक रहेको बताएका छन् । आफूहरूले राजासँग भेटेर यसबारे स्... मंगलबार, मंसिर २३, २०८२
ताजा समाचारसबै
बहुविवाहको आरोपमा डिएसपी नेपाल पक्राउ बुधबार, मंसिर २४, २०८२
आज १८ दिनका लागि ४० अर्ब झिक्दै राष्ट्र बैंक बुधबार, मंसिर २४, २०८२
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की बुधबार, मंसिर २४, २०८२
सरकारले तीन महिने मानसिक स्वास्थ्य सचेतना अभियान सञ्चालन गर्ने बुधबार, मंसिर २४, २०८२
प्राधिकरण फर्किएर हितेन्द्रले  भने : अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
कुलमानद्वारा सर्वोच्चको आदेश लक्षित प्रतिक्रिया– मैले सकिनँ भनेपछि सरुवा गरेको हो, प्रतिशोध साँधेर होइन मंगलबार, मंसिर २३, २०८२
एनपीएल-: क्वालिफायर १ मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर भिड्दै मंगलबार, मंसिर २३, २०८२
एनपीएल: सुदूरपश्चिम फाइनलमा, विराटनगरलाई अर्को मौकाको पर्खाइ मंगलबार, मंसिर २३, २०८२
नागरिक उड्ययन प्राधिकरणका निलम्बित महानिर्देशकसँग ५ लाख धरौटी माग मंगलबार, मंसिर २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्