काठमाडौं- भारतीय सेनाका स्थलसेनाध्यक्ष मनोज मुकुन्द नरावणे नेपाल भ्रमणमा आउने भएका छन्। लकडाउनका कारण स्थगित भएको उनको भ्रमण आउँदो कात्तिक महिनामा हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
नरावणेको भ्रमण मन्त्रीपरिषद्को गत माघ २० गते बसेको बैठकले नै स्वीकृत गरिसकेको थियो। कारोना महामारीका नियन्त्रणका लागि जारी गरिएको लकडाउन र निषेधाज्ञाले उनको नेपाल भ्रमण रोकिएको थियो।
भ्रमणका अवसरमा नरावणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा समेत प्रदान गर्ने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।