काठमाडौं–प्रतिनिधि सभामा नेकपाकी सांसद सानु शिवा पहाडीको निधन भएको छ । समानुुपातिक सांसद पहाडीको काठमाडौ मेडिकल कलेजमा उपचारकै क्रममा बुधबार बिहान साढे ८ बजे निधन भएको जनसांस्कृतिक महासघका केन्द्रीय सदस्य माधव प्रधानले बताए।
ताप्लेजुङकी पहाडीको ७ वर्षअघि मृगौला फेल भएपछि प्रत्यारोपण गरिएको थियो। पछिल्लो समय मुटुको समस्या भएपछि उनी अस्पताल भर्ना भएकी थिईन्। जनसांस्कृतिक महासंघकी केन्द्रीय सदस्यसमेत रहेकी पहाडीले २५ भन्दा धेरै जनवादी गीतमा स्वर दिएकी छिन्। उनका एक छोरा र एक छोरी छन्। श्रीमान डम्बर पहाडी प्राध्यापन पेशमा आवद्ध छन्।
प्रधानमन्त्री केपी ओलीले सांसद पहाडीको निधनमा दुःख व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।