काठमाडौं- कान्ति बाल अस्पतालले २० जना डाक्टर र ३५ जना नर्सलाई करारमा नियुक्त गर्ने भएको छ।
अस्पतालले आइसीयु सेवा विस्तारका लागि जनशक्ति थप गर्न लागेको जनाएको छ। यस्तै अस्पतालले एक जना बायोमेडिकल इन्जिनियरलाई पनि करारमा नियुक्त गर्न लागेको छ।
अस्पतालले सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेकालाई १५ दिन भित्र दरखास्त हाल्न भनेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।