काठमाडौं–राष्ट्रसंघीय मानवअधिकार परिषदमा नेपाल पुनः निर्वाचित भएको छ। न्युयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा मंगलबार भएको निर्वाचनमा नेपाल दोस्रो कार्यकालका लागि निर्वाचित भएको हो।
नेपाल १ सय ५० मतका साथ २०२१–२०२३ का लागि निर्वाचित भएको हो। नेपालकाे द्वन्द्वकालीन मुद्दामा पटक पटक आवाज उठिरहेकाे समयमा नेपाल पुन: सदस्यमा निर्वाचित भएकाे हाे । एशिया प्रशान्त क्षेत्रबाट नेपालसहित चीन, पाकिस्तान र उज्वेकिस्तान पनि परिषदमा निर्वाचित भएका छन्।
यसबाहेक परिषदमा कोटे डि आइभोरी, ग्याबोन, मलावी, सेनेगल, रुस, युक्रेन, बेलायत, बोलिभिया, क्युबा, मेक्सिको र फ्रान्स पनि निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।