एजेन्सी–अमेरिकी राष्ट्रपति कोरोना संक्रमित भएयता पहिलोपटक ह्वाइटहाउसमा समर्थकमाझ उपस्थित भएका छन्। समर्थकहरुलाई उनले आफूले कोरोनाविरुद्धको औषधि नलिएको र अहिले राम्रो महसुस गरिरहेको बताए।
उक्त कार्यक्रम ‘ब्लेक्जिट’ नामक संस्थाले आयोजना गरेको हो। उक्त संस्थाको उद्देश्य काला र ल्याटिनो समुदायको भोट रिपब्लिकन पार्टीका पक्षमा पार्नु रहेको छ।
तर समर्थकका अगाडि उपस्थित भए पनि उक्त कार्यक्रम चुनावी ¥यालीजस्तै देखिएको भनी आलोचना भएको छ। मास्क खोलेर उपस्थित भएका ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी जो बिडेनको चुनावी ¥यालीविरुद्ध बोेलेका थिए।
ह्वाइटहाउसले भने यसबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन भने बिहीबारयता उनको स्वास्थ्यका बारेमा कुनै अपडेट गरेको छैन।
आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनका लागि उनका प्रतिद्वन्द्वी जो बिडेनले भने अभियान जारी राखेका छन्। यतिखेर उनी पेन्सिलभेनियामा छन्। त्यहाँ आयोजित कार्यक्रममा उनले कोरोना भाइरसबाट ज्यान गुमाएका परिवारप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।