काठमाडौं– नेकपा एमालेले आकस्मिक रुपमा स्थायी कमिटी बैठक डाकेको छ।
एमालेसँग पार्टी एकताबारे अन्तिम वार्ता गर्नुअघि आफ्नो ठोस धारणा बनाउन र सरकारका गतिविधिका बारेमा छलफल गर्न माओवादीले केन्द्रीय सचिवालय समिति बैठक बोलाएपछि एमालेले पनि बैठक डाकेको हो।
माओवादीको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजेबाट सुरु हुँदैछ भने एमालेले साँझलाई बैठक बोलाएको हो।
हिजोमात्रै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मार्क्स जयन्ती वा एक/दुई दिनभित्रै पार्टी एकता घोषणा हुने बताएका थिए।
गएको बैसाख ९ गते पार्टी एकता हुने भनिए पनि आन्तरिक व्यवस्थापन नसुल्झिएपछि एकताको मिति टरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।