काठमाडौं– ३३ किलो सुन प्रकरणमा ५० भन्दा धेरै प्रतिवादिहरुलार्इ विपक्षी बनाउँदै मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरिएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरीले अनुसन्धान मिसिल यसअघि नै बुझाई सकेको छ।
प्रहरीको सोही मिसिलअनुसार ३३ किलो सुन प्रकरणमा आज मुद्दा दर्ता हुन लागेको हो। मोरङ प्रहरीले पक्राउ परेका २८ जना आरोपी र अन्य गरी ५० भन्दा बढीलाई प्रतिवादी बनाई मुद्दा दर्ता गरिने जानकारी दिएकाे छ।
सुन प्रकरणको छानविन गर्न बनेको समितिले आजै यसबारेमा पत्रकार सम्मेलन गरी जानकारी गराउने बताइएको छ।
गत माघ ९ मा दुबईबाट अवैधानिक रुपमा ल्याइएको ३३ किलो सुन त्रिभुवन विमानस्थलबाट कर्मचारी तथा प्रहरीको मिलेमतोमा पास भएर ओसारपसारको क्रममा हराएपछि खोजबिन सुरु भएको थियो। त्यही सुन खोज्ने क्रममा मोरंग उर्लाबारीका सनम शाक्यको १८ साउनमा हत्या भएपछि यो प्रकरण सतहमा आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।