एजेन्सी– बलिउड अभिनेता अजय देवगन यतिबेला फिल्म 'टोटल धमाल'को सुटिङमा व्यस्त छन्। तर आफ्नो स्वास्थ्यमा आएको खराबीका कारण उनी निकै चिन्तित बनेका छन्। यसैकारण सुटिङसेटमा समेत अजयले खुलेर काम गर्न सकेका छैनन्।
भारतीय सञ्चारमाध्यमका अनुसार अजयलाई टेनिस एल्बो (कुहिनाको मांसपेशी दुख्ने रोग) भएकोे छ। उपचारका लागि जर्मनी जान चिकित्सहरुले सुझाव दिएका छन्। उक्त फिल्मका सह–अभिनेता अनिल कपुरले पनि अजयलाई चाँडै उपचार गर्न सल्लाह दिइसकेका छन्।
सञ्चारमाध्यमहरुका अनुसार कुहिनाको समस्याका कारण अजयले आफूले कफीको कपसमेत उचाल्न सकिरहेका छैनन्। विशेषगरी कुहिनाको मांसपेशी र जोर्नीमा धेरै दबाब हुँदा यस्तो समस्या आउने गर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।