एजेन्सी–अमेरिकाको ह्वाइटहाउसभित्र कोरोना संक्रमण थप फैलिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियापछि एकपछि अर्को गर्दै ह्वाइटहाउसका अधिकारीमा संक्रमण देखिएको हो।
पछिल्लोपटक ह्वाइटहाउस सल्लाहकार स्टेफेन मिलर संक्रमित भएका छन् भने कोस्ट गार्डका उच्च सैनिक अधिकारी एडमिरल चाल्र्स रेलाई पोजेटिभ देखिएपछि जनरल मार्क मिलेसहितका सैनिक अधिकारी क्वारेन्टाइनमा बसेका छन्।
यस्तै, ह्वाइटहाउसका अन्य अधिकारीहरु पनि सेल्फ आइसोलेसनमा बसेका छन्। सल्लाहकार मिलरले विज्ञप्ति जारी गर्दै आफू क्वारेन्टानमा बसेको जनाएका छन्। उपराष्ट्रपति माइक पेन्सको प्रवक्ता रहेकी उनकी पत्नी केटी मिलरलाई गत मेमा पोजेटिभ देखिएको थियो। गत जुलाईमा मिलरकी हजुरआमाको कोरोनाका कारण निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।