बुटवल- नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले पार्टीभित्र अहिले मतभेद गर्ने बेला नभएर एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
बुटवलमा आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रिजालले कांग्रेसमा बहुमत र अल्पमतका आधारमा निर्णय गर्ने परिपाटी अन्त्य गर्नुपर्ने सुझाव समेत उनले दिए।
कांग्रेसमा पदाधिकारी नियुक्तिका बेला छलफल गरेर जान पार्टी सभापति देउवालाई सुझाव दिँदै उनले भने, 'एकलौटी निर्णय भए मान्य हुँदैन, सहमतिका आधारमा पदाधिकारी नियुक्ति गर्नुपर्छ।'
अर्को प्रसंगमा नेता रिजालले सरकारका गतिविधि लोकतन्त्र विरोधी भएको आरोप लगाएका छन्।
उनले वाम सरकार तानाशाही बन्ने कोसिसमा लागेको टिप्पणी गर्दै सरकारले धम्काउँदै र तर्साउँदै हिँडेको आरोप समेत लगाए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।