एजेन्सी–अमेरिकी राष्ट्रपति अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना पोजिटिभ देखिएपछि तीन दिनदेखि अस्पतालमा उपचार गराइरहेका उनी ह्वाइटहाउस फर्किएका हुन्। अब उनको ह्वाइटहाउसमै उपचार हुनेछ। ट्रम्पले चाँडै चुनावी अभियानमा फर्कने आशा गरेका छन्।
त्यसअघि ह्वाइटहाउसका चिकित्सक डा सिन कोन्लेले ट्रम्पको स्वास्थ्यमा सुधार आइरहेकाले अस्पतालबाट फर्कन सक्ने बताए। यद्यपि उनी पूर्ण रुपमा निको भइनसकेकाले घर फर्कन सुरक्षित रहेको डा कोन्लेले बताए।
ह्वाइटहाउस फर्कनुअघि ट्वीट गर्दै ट्रम्पले भने ‘चाँडै चुनावी अभियान सुरु गर्नेछु, फेक न्युजले फेक पोलमात्र देखाइरहेका छन्।’
गत शुक्रबार कोरोना पोजिटिभ देखिएपछि ट्रम्प वाल्टर रीड मेडिकल सेन्टर भर्ना भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।