बैतडी– बैतडीको ग्रामीण क्षेत्रका छोरी–बुहारी पनि कम्प्युटरको पहुँचमा पुग्न थालेका छन्।
छोरी–बुहारीलाई पनि कम्प्युटरको पहुँचमा पुर्याउनका लागि वातावरण संरक्षण तथा सामाजिक विकास संघले बैतडीको ग्रामीण क्षेत्रमा कम्प्युटर प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ।
संस्थाले बैतडीको दोगडाकेदार गाउँपालिकामा विगत एक महिनादेखि कम्प्युटर कक्षा सञ्चालनमा ल्याएको हो। ‘युवा महिलाका लागि आधारभूत कम्प्युटर शिक्षा’ भन्ने मूलनारासहित चैत २० गतेदेखि कक्षा सञ्चालनमा रहेको संघका अध्यक्ष घनश्याम भट्टले जानकारी दिए।
कक्षामा गाउँपालिकाको वडा नम्बर–३, श्रीकोट र वडा नम्बर–७, देउलेकका गरी २३ महिलाको सहभागिता रहेको उनले बताए। नेपाल सरकार महिला, बालबालिका तथा 8 कल्याण मन्त्रालयको २ लाख रुपैयाँ आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन भइरहेको संस्थाले जनाएको छ।
सरकारी सेवा प्रवेश, लोकसेवा आयोग परीक्षाका लागिसमेत कम्प्युटर शिक्षा आवश्यक रहेको तथा छोरी–बुहारीलाई कम्प्युटर शिक्षाको पहुँचमा ल्याउनका लागि उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्ष भट्टले जानकारी दिए।
वर्तमान अवस्थामा कम्प्युटर शिक्षा आवश्यक रहेकाले संस्थाले सञ्चालन गरेको कम्प्युटर शिक्षा उपलब्धिमूलक बनेको कक्षामा सहभागी सीता विष्टले दावी गरिन्।
उनले भनिन्, ‘ग्रामीण क्षेत्रमा यसरी कम्प्युटर कक्षा सञ्चालनले निकै सहयोग पुगेको छ।’ तीन महिनासम्म सञ्चालन हुने उक्त आधारभूत कम्प्युटर शिक्षाको तालीममा दीपेन्द्र कार्कीले प्रशिक्षण दिइरहेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।