एजेन्सी–विवादास्पद क्षेत्रलाई लिएर भएको युद्धका क्रममा अर्मेनियाली सेनाले अजरबैजानको दोस्रो ठूलो सहर गान्जामा आक्रमण गरेको छ।
अर्मेनियाले अजरबैजानी सेनाले क्षेत्रीय राजधानी स्टेपानाकेर्टमा आक्रमण गरेपछि गान्जाको सैन्य विमानस्थलमा प्रत्याक्रमण गरेको जनाएको छ। त्यसक्रममा गान्जाका थुप्रै भवनमा क्षति पुगेको छ भने मानिसहरु त्यस क्षेत्रलाई छाडेर भाग्न थालेको भिडियो बिबिसीले प्रसारित गरेको छ। गान्जा विवादास्पद क्षेत्र नागोर्नो कारावाखको उत्तरमा पर्छ।
अजरबैजानले भने गान्जाका कुनै पनि सैन्य क्षेत्रमा आक्रमण नभएको जनाएको छ।
अजरबैजानको सेनाले युद्ध सुरु भएयता आफूले उक्त क्षेत्रका ७ गाउँ नियन्त्रणमा लिएको जनाएको छ।
दुवै देशबीच एक साताअघि सुरु भएको युद्धका क्रममा २ सय २० जनाभन्दा बढीको मृत्यु भइसकेको छ।
नागोर्नो काराबाख क्षेत्रको विषयलाई लिएर दुई देशबीच सन् १९८८ र १९९४ को बीचमा थुप्रैपटक युद्ध भइसकेको छ। विभिन्न समयमा युद्धविराम भए पनि कार्यान्वयन भएको छैन भने समस्या समाधान पनि भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।