लन्डन–गैरआवासीय नेपाली संघ (एनआरएनए) का युरोप संयोजक नारायण आचार्यले चिकित्सा शिक्षा प्रणालीमा सुधारको माग गर्दै १९ औं आमरण अनशन गरिरहेका डा गोविन्द केसीको जीवन रक्षाका लागि नेपाल सरकारसँग माग गरेका छन्।
एनआरएनएको १३ औं युरोप बैठक तथा दोश्रो ज्ञान सम्मेलनको समापनका अवसरमा भर्चुएल माध्यमबाट आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले डा केसीको स्वास्थ्य लाभको कामना पनि गरे। उनले केसीका मागहरुप्रति प्रतिबध्दता पनि जनाए।
यसै गरी नेप्लिज डक्टर्स एशोसिएसन (एनडिए) यूकेले एक वक्तव्य जारी गर्दै डा केसीको स्वास्थ्य रक्षाको सुनिश्चितता गर्न नेपाल सरकारलाई आग्रह गरेको छ।
एशोसिएसनले समस्या समाधानका लागि नेपाल सरकारबाट तत्काल वार्ता समिति गठन गर्न माग पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।