काठमाडौं- वैदेशिक रोजगार बोर्डको सचिवालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि शव ढुवानी बाहेक बोर्डबाट प्रदान गरिँदै आएका आर्थिक सहायताका सम्पूर्ण सेवा बन्द गरिएको बोर्डले जनाएको छ।
अर्को सूचना जारी नभएसम्मका लागि सचिवालयबाट प्रदान गरिने आर्थिक सहायतासम्बन्धी सम्पूर्ण सेवा बन्द गरिएको बोर्डले जनाएको हो।
सचिवालयबाट प्राप्त हुने आर्थिक सहायताका लागि सम्बन्धीत व्यक्तिले आबश्यक कागजातसहित स्थानीय तहमा निवेदन दिन समेत बोर्डले आग्रह गरेको छ। स्थानीय तहले कागजातहरु रुजु गरी आधिकारीक इमेलबाट बोर्ड सचिवालयमा इमेल प्राप्त भएमा सचिवालयले कागजात रुजु गरी सम्बन्धित व्यक्तिको बैंक खातामा आर्थिक सहायता बापतको रकम पठाउने बोर्डले उल्लेख गरेको छ।
अत्यावश्यक सेवा शव ढुवानीको कार्य निरन्तर हुने हुँदा यसका लागि सचिवालयका कर्मचारीहरु शाखा अधिकृत गोविन्दप्रसाद आचार्य ९८४१७५५४५१ र नासु आशिस कुमार भण्डारी ९८५१२२६४१९ लाई सम्पर्क गर्न समेत बोर्डले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।