काठमाडौं- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले व्यक्तिको जीवनको रक्षा गर्ने संवैधानिक दायित्व सरकारको भएको स्मरण गराउँदै अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि सार्थक पहलकदमी लिन सरकार समक्ष माग गरेको छ।
इन्सेककी अध्यक्ष इन्दिरा श्रेष्ठद्वारा जारी गरेको प्रेस विज्ञप्तिमा केसीको ज्यान बचाउन भनिएको छ। ‘डाक्टर गोविन्द केसी १९ औँ अनशन बसेको २० दिन पूरा भएको छ ’ इन्सेको विज्ञप्तिमा भनिएको छ ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा एमबिबिएस कार्यक्रम सञ्चालन र विभिन्न भ्रष्टाचार काण्डहरूको छानबिन गर्नुपर्नेलगायतका ६ बुँदे माग राखी अनशनरत डा. केसीको अवस्था बिग्रँदो गएको हो।’ केसीका मागहरुका विषयमा अविलम्वन सुनुवाई गरी अनसन तोडाउन इन्सेकको सुझाव छ।
कोभिड–१९ का कारण फैलिएको विश्वव्यापी महामारीको प्रतिकार्य गर्नसमेत सार्वजनिक स्वास्थ्य संचरनाको सुदृढीकरण र असल शासन आवश्यक देखिएको पनि विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।