काठमाडौं–प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले अत्यावश्यक काम बाहेकका सेवा रोकेको छ।
प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापासहित सवारी चालक, सुरक्षा गार्डलाई संक्रमण पुष्टि भएको थियो। विपदको समयमा उद्धारको क्रममा खटिएकै बेला कोरोना संक्रमण पुष्टि भएको थियो। प्रशासनका चार जनामा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका एक साताका लागि रोकिएको प्रशासनले जनाएको छ।
नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका सेवा एक साताका लागि बन्द गरिएको प्रशासनले जनाएको छ। राहत, उद्दार, शान्ति सुरक्षा, मुद्दा, लगायतका सेवा भने पूर्ववत जारी रहने प्रशासनले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।