काठमाडौं–मिडिया हाउसबाट पीडित पत्रकारको आन्दोलनमा नेपाली कांग्रेसले ऐक्यबद्धता जनाएकाे छ।
प्रवक्ता विश्वप्रकाश शर्माले अनशनस्थल नयाँ बानेश्वर पुगेर आन्दोलरत पत्रकारका पक्षमा उभिने बताएका हुन्। विभिन्न बहानामा मिडिया हाउसले निकालेका पत्रकारको आन्दोलनलाई पार्टीको समर्थन रहेको उनले बताए।
कोरोनाको बहाना बनाई निकालेका पत्रकारको पुनर्बहालीको माग राखेर पीडित पत्रकारले चार दिनदेखि अनशन जारी राखेका छन्। सरकारले तोकेको पारिश्रमिक उपलब्ध गराउनुपर्ने, नियमित प्राप्त नभएको पारिश्रमिक दिनुपर्ने, छ महिना पुगेपछि स्थायी बनाउनुपर्ने लगायतका माग राखी पत्रकारहरु आन्दोलनमा उत्रेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।