दाङ– असिना, पानी र चट्याङले रेडियो सञ्जीवनी र रेडियो तुलसीपुरमा क्षति पुगेको छ।
गएराति परेको चट्याङले रेडियो सञ्जीवनीको एन्टेना, डिभाइडर, टेलिफोन हाइब्रेड, तथा ट्रान्समिटरमा क्षति पुगेको हो। क्षतिसँगै रेडियोको प्रशारण बन्द भएको रेडियो सञ्जीवनीका स्टेशन म्यानेजर शरद रेग्मीले जानकारी दिए।
असिनापानी र चट्याङका कारण रेडियोमा ३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।
त्यस्तै, रेडियो तुलसीपुरमा समेत क्षति भएको छ। रेडियोमा रहेको करिब ९ लाख रुपैयाँ मूल्य बराबरको सोलार प्यानल पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने रेडियोको टावर बांगिनुका साथै टावरको पिल्लरसमेत हावाले उप्काएको छ। टावरमा जडित एन्टेनासहितका सामग्रीमा क्षति पुगेपछि रेडियो पूर्णरुपमा बन्द भएको हो।
टावर मर्मतका लागि काठमाडौंबाट प्राविधिक टोली आएकोले टावर फुकालेर नयाँ टावर जडान गरेलगत्तै प्रशारण सुचारु गरिने रेडियो सञ्चालक समितिका अध्यक्ष दीपु गिरीले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।