कपिलवस्तु–कपिलवस्तुको कृष्णनगर नाकाबाट सशस्त्र प्रहरी बलले अवैधरूपमा भित्र्याइएको चार लाख भारतीय रकमसहित एक जनालाई पक्राउ गरेको छ।
बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीको नेतृत्वमा खटिएको टोलीले कृष्णनगर नगरपालिका वडा नं २ बस्ने ५४ वर्षीय पप्पु गुप्तालाई नियन्त्रणमा लिएको हो। विशेष सूचनाका आधारमा जाँच गर्दा गुप्ताले लुकाइ ल्याउँदै गरेको चार लाख भारतीय अवैध रकम बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक कार्कीले जानकारी दिए।
बरामद गरिएको रकममा रु ५०० दरका ४०० थान र रु दुई हजारको नोट १०० थान गरी भारु चार लाख रहेको छ । उक्त भारुको नेपालमा रु छ लाख ४० हजार हुन्छ । पक्राउ परेका गुप्तालाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइने सशस्त्र प्रहरी निरीक्षक कार्कीले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।