एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले सञ्चो महसुस गरिरहेको बताएका छन्।
कोरोना पोजिटिभ देखिएपछि उपचार गराइरहेको वाल्टर रिड नेशनल मिलिटरी मेडिकल सेन्टरबाट ट्वीटरमार्फत् भिडियो सन्देश जारी गर्दै उनले आफू अस्पताल आउँदाभन्दा अहिले सञ्चो महसुस गरिरहेको बताएका हुन्।
‘म फेरि फर्कनेछु, किनभने हामीले अमेरिकालाई अझै महान बनाउनुछ,’ उनले भनेका छन्।
तर उक्त भिडियो कहिले रेकर्ड गरिएको हो भन्ने स्पष्ट छैन। त्यसअघि उपचारमा संलग्न चिकित्सकले ट्रम्पको स्वास्थ्य अवस्था सुधारोन्मुख भए पनि अबको २४ घण्टा ट्रम्पका लागि क्रिटिकल रहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।