काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमबुद्धबारे गलत प्रचारप्रसार नगर्न आग्रह गरेका छन्।
दुई हजार ५६२औँ बुद्ध जयन्तीका अवसरमा बुद्ध जयन्ती समारोह समिति, आनन्दकुटी विहार स्वयम्भूद्वारा आयोजित सार्वजनिक सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'कतिपय देशका विद्यालय र कलेजका कोर्षमा गौतमबुद्धबारे गलत पढाइ भइरहेको छ, त्यसो गर्नु राम्रो होइन, सच्याउनुपर्छ।'
प्रधानमन्त्रीले आज पनि गौतमबुद्धका विचार, शिक्षा र उपदेशको उत्तिकै महत्व रहेको पनि थपे।
अर्को प्रसंगमा उनले धरहरा, रानीपोखरी, काष्ठमण्डप लगायत सांस्कृतिक सम्पदालाई पुरानै शैलीमा तर बलियो ढंगबाट जतिसक्दो चाँडो निर्माण गर्ने सरकारको योजना रहेको जानकारी दिए।
समारोह समितिका महासचिव संघरत्न शाक्यले बुद्ध शिक्षाबारे विद्यालयस्तरको पाठ्यपुस्तकमा नै समावेश गर्नुपर्नेमा जोड दिए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।