एजेन्सी–अमेरिकी सेनामा गत मार्चयता आत्महत्याको संख्यामा वृद्धि भएको छ। कोरोना भाइरसका कारण एक्लो महसुस गरेका सैनिकहरुमा आत्महत्याको प्रवृत्ति बढेको अनुमान गरिएको छ।
कोरोना भाइरसको महामारी सुरु भएको मार्चदेखि अगष्ट ३१ सम्म ड्युटीमा रहेका १ सय १४ सैनिकले आत्महत्या गरेको तथ्यांक छ। गत वर्ष यही अवधिमा ८८ जनाले आत्महत्या गरेका थिए। वर्षको पहिलो ८ महिनामा भएको आत्महत्याको यो संख्या सन् २०१२ यताकै धेरै भएको बताइएको छ।
अघिल्ला वर्ष आत्महत्या गर्ने सैनिकको दर प्रति १० लाख सैनिकमा ३०.६ थियो भने सन् २०२० मा यो दर बढेर ३६ पुगेको छ। ड्युटीमा रहेका सैनिकको आत्महत्या दर वृद्धि चिन्ताजनक भएको बताइएको छ।
गार्ड तथा रिजर्भ फोर्ससहित भने मार्चयता आत्महत्या गर्ने सैनिकको संख्या २ सय छ। सन् २०१९ को सोही अवधिमा १ सय ६६ जनाले आत्महत्या गरेका थिए। पेन्टागनले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्ष ३ सय २४ सैनिकले आत्महत्या गरेकोमा २०१९ मा ३ सय ४२ सैनिकले आत्महत्या गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।