एजेन्सी– शारीरिक व्यायाममा धेरै चिन्तित रहने अभिनेत्रीमा पर्छिन् बलिउड अभिनेत्री कट्रिना कैफ। तर भरखरै सामाजिक सञ्जालमा एक तस्बिर सार्वजनिक गर्दै उनले 'बाई बाई जिमहल' लेखेपछि धेरै जना आश्चर्यमा परेका छन्।
सेलिब्रेटी फिटनेसकी प्रशिक्षक यासमीन कराचीवालाको जिमहलमा कट्रिना १० वर्षयता ट्रेनिङ गर्दै आइरहेकी थिइन्। यासमीनले अब नयाँ ठाउँमा जिमहल सञ्चालन गर्ने निर्णय गरेसँगै कट्रिनाले फोटो सार्वजनिक गर्दै जिमहलबाट बिदा मागेकी हुन्।
कट्रिनाकी प्रशिक्षक यासमीनसँग अन्य भारतीय अभिनेतत्री आलिया भट्ट, दीपिका पादुकोण लगायतका कलाकार फिटनेस कक्षा लिन आउने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।