काठमाडौं– अभिनेत्री पूजा शर्माले आफ्नो जन्मदिनको अवसरमा फिल्म 'रामकहानी'को पहिलो गीत दर्शकलाई उपहारस्वरूप सार्वजनिक गरेकी छन्।
अर्जुन पोख्रेलको शब्द तथा संगीत रहेको 'तिम्रो लागि म छु’ बोलको गीतमा अञ्जु पन्त र सुगम पोखरेलले स्वर भरेका छन्।
कलाकारद्वय धुर्मुस-सुन्तलीद्वारा महोत्तरीमा निर्मित एकीकृत सन्तपुर बस्तीमा छायांकन गरिएको गीतमा पूजा शर्मा, आकाश श्रेष्ठ, विल्सन विक्रम राई, केदार घिमिरे (माग्ने बुढा), जितु नेपाल लगायतका कलाकारहरुको अभिनय छ।
पूजाले गत वर्ष पनि फिल्म ‘म यस्तो गीत गाउँछु’को ‘भन्छु आज’ बोलको गीत आफ्नो जन्मदिनकै अवसरमा सार्वजनिक गरेकी थिइन्।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतलाई सौरभ लामाले खिचेका छन्। सुदर्शन थापाको निर्देशनमा बनेको फिल्ममा पूजासँगै सुदर्शनको पनि लगानी छ।
फिल्म आउँदो भदौ २२ गते प्रदर्शनमा आउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।