काठमाडौँ–रेमिट्यान्स सेवाका लागि विश्वव्यापी रूपमा सेवा प्रदान गर्दै आइरहेको मनीग्राम इन्टरनेशनल इन्क, आइएमई लिमिटेड र आइएमई पेबीच पीटुपी मनी ट्रान्सफरका लागि समझदारी भएको छ। समझदारीपछि विश्वभरिबाट मनीग्राममार्फत् पठाएको रेमिट्यान्स नेपाली नागरिकले आइएमई पे वालेटमा सिधैं रकम प्राप्त गर्न सक्नेछन्।
यसबाट विश्वका दुई सय देशमा रहेका आफ्ना सेवाग्राहीलाई डिजिटल प्लेटफर्ममा जोडिने अवसर मनीग्रामले प्रदान गरेको छ।
व्यापार व्यवसाय वा रोजगारीका लागि विश्वभरि छरिएर रहेका लाखौँ नेपाली नागरिकले मनीग्रामबाट पठाएको पैसा आइएमई पे वालेटमा प्राप्त गर्नेगरी आइएमई डिजिटल र आइएमई लिमिटेडसँग सम्झौता भएको मनीग्रामका लागि साउथ एसियास्थित ग्लोबल स्ट्राटेजीक सेल्स प्रमुख रिज सोहेलले बताए। प्रमुख सोहेलले कोरोना भाइरसको विश्वव्यापी महामारीको समयमा सेवाग्राहीले सुरक्षित तवरले आफ्नो घरमा वा वालेटमा नै रकम प्राप्त गर्न सक्ने छन्।
वार्षिक आठ खर्बभन्दा बढी विप्रेषण भित्र्याउँदै आएको नेपाल रेमिटेन्समा दक्षिण एशियाकै ठूलो बजार मानिन्छ। मनीग्रामका लागि नेपालको रेमिट्यान्स बजार मुख्य प्राथमिकतामा पर्दै आएको सन्दर्भमा यो सम्झौताले सेवाग्राहीलाई थप सहजता थप्ने विश्वास गरिएको छ। सेवा सुभारम्भका अवसरमा आइएमई डिजिटलले मनीग्राममार्फत आइएमई पे वालेटमा आउने प्रति कारोबारमा ६० रुपैयाँ क्यास व्याक प्रदान गर्नेछ। यो अफर बिहीबारदेखि लागू भइ डिसेम्बर ३१ सम्म कायम हुनेछ।
कोरोना भाइरसको महामारीबाट उत्पन्न सुरक्षा सतर्कतालाई ध्यानमा राख्दै आइएमईले रेमिट्यान्स रकम आफ्नै मोबाइल वालेटमा वा विभिन्न माध्यमबाट आफ्नै घरमा प्राप्त गर्न आवश्यक प्रवन्ध मिलाइएको आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकालले बताए। कोरोना महामारीको स्थिति सामान्य भएपछि उक्त रकम आफुलाई पायक पर्ने आइएमईका एजेन्ट आउटलेटबाट प्राप्त गर्न सकिने उनले प्रस्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।