लुम्बिनी- प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनीलाई स्थानीय जनतासँग जोड्न नसकिएकोमा दु:ख व्यक्त गरेका छन्। अहिलेसम्म लुम्बिनी र स्थानीय नागरिकबीच समन्वय गर्न नसकिएका कारण यहाँको विकास अपेक्षा अनुसार नभएको उनले बताए।
२५६२औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०७५ समारोहमा बोल्दै उनले अव भावी रणनीति नै बनाएर अगाडि बढनुपर्ने आवश्यकता औंल्याए। मुख्यमन्त्री पोखरेलले आगामी वर्षदेखि बुद्ध जयन्तीलाई प्रदेश सरकारले राष्ट्रिय पर्वको रुपमा मनाउने बताएका छन्।
यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अधयक्षता रहेको समारोहमा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले उपस्थित स्वदेशी तथा विदेशी अतिथि र सहभागीलाई लुम्बिनी र अन्तराष्ट्रिय बौद्ध सम्मेलनले पारित गरेको १० बुँदे लुम्बिनी घोषणपत्रका विषयमा जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।