• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जो रोनाल्डो-मेस्सी दुवैसँग खेले

64x64
नेपाल लाइभ बुधबार, असोज १४, २०७७  १५:४४
1140x725

काठमाडौं- विश्व फुटबलमा पछिल्लो दशककै सबैभन्दा उत्कृष्ट खेलाडीमा दरिएका क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी दुवैसँग टिममा रहेका खेल्न पाएका खेलाडी १४ जना छन्। जसमा पछिल्लो समय थपिए, मिरालेम पियानिच र आर्थर मेलो। 

युभेन्टस र बार्सिलोनाले साटफेर गरेका पियानिच र आर्थरले गएको आइतबार राति टिममा डेब्यू पनि गरे। बार्सिलोनाले ला लिगामा भिलारियललाई ४-० ले हराएको खेलमा पियानिच ७८औँ मिनेटपछि बुस्केट्सको स्थानमा खेलेका थिए। 

यस्तै सिरि एमा रोमा र युभेन्टसबीच २-२ को बराबरी भएको खेलमा ५८औँ मिनेटमा म्याकिनेको स्थानमा आर्थर मैदान प्रवेश गरेका थिए। पियानिचको तुलनामा आर्थरका लागि डेब्यू खेलको नतिजा सुखद नभए पनि दुवै खेलाडीले स्टार प्लेयरसँग एउटै टिममा रहने नौलो अवसर पाए। 

पियानिच र आर्थर जस्तै अरु १२ फुटबलर छन् जसले रोनाल्डोसँग पनि र मेस्सीसँग पनि टिममा रहेर खेलेका छन्। विश्व फुटबलमा रोनाल्डो र मेस्सीको अब्बल शैलीको प्रशंसा चलिरहँदा दुवैसँग टिममा रहन पाउनु पनि फरक खुसीको विषय हो। 

जेरार्ड पिके

डिफेन्डर जेरार्ड पिके लामो समय बार्सिलोनामा लियोनल मेस्सीसँगै देखिएका भए पनि उनको सिनियर क्लब फुटबल म्यानचेस्टर युनाइटेडमा सुरु भएको हो। जहाँ उनले क्रिष्टियानो रोनाल्डोसँगै टिममा साझेदारी गरे। पिके २००४ देखि २००८ सम्म युनाइटेडमा थिए। त्यसयता बार्सिलोनामा छन्। 

Ncell 2
Ncell 2

पाउलो डिबाला

सन् २०१५ पछि लियोनल मेस्सीसँग अर्जेन्टिनी राष्ट्रिय टिमबाट खेलेका पाउलो डिबाला २०१८ यता इटालियन क्लब युभेन्टसमा क्रिष्टियानो रोनाल्डोसँगै छन्। अर्जेन्टिनी राष्ट्रिय टिमका लागि डिबालाले २९ खेल खेलेका छन्। युभेन्टसमा पछिल्लो समय रोनाल्डोसँग त उनको सहकार्य मिलिरहेको पनि देखिएकै छ। 

आन्द्रे गोमेस

अहिले इभर्टनमा रहेका मिडफिल्डर आन्द्रे गोमेस २०१६ मा भ्यालेन्सियाबाट बार्सिलोना गएका थिए, जहाँ उनले लियोनल मेस्सीसँग एउटै टिममा खेले। बार्सिलोनामा राम्ररी खेल्न नपाएका गोमेस पोर्चुगलको राष्ट्रिय टिममा पनि मुस्किलले परिरहेका छन्। जे होस् उनले रोनाल्डो र मेस्सीसँग टिममा रहने फरक अनुभव भने पाए। 

नेल्सन सेमेडो

भर्खरै बार्सिलोनाबाट वुल्भ्स गएका सेमेडोले २०१७ पछि मेस्सीसँगै बार्सिलोनामा खेलिरहेका थिए। उनले पोर्चुगलको राष्ट्रिय टिमबाट पनि रोनाल्डोसँग खेलेका छन्। गएको वर्ष उनले पोर्चुगलबाट नेसन्स लिगको उपाधि समेत जिते। उनले मेस्सीसँगै बार्सिलोनामा दुई ला लिगा, एक कोपा डेल रे र एक सुपरकोपाको उपाधि पनि जितेका छन्। 

कार्लोस टेभेज

अर्जेन्टिनी फरवार्ड कार्लोस टेभेज २००७-०९ को समयमा म्यानचेस्टर युनाइटेडमा रहँदा क्रिष्टियानो रोनाल्डोसँगै खेलेका थिए। मार्सेलो बिएल्साको प्रशिक्षणमा २००४ मा नै अर्जेन्टिनी राष्ट्रिय टिममा परेका टेभेजले त्यसको अर्को वर्ष विश्वकप छनोट खेलमा पेरुविरुद्ध मेस्सीसँग पहिलोपटक एउटै टिममा खेले। मेस्सीसँगै उनी दुई पटक कोपा अमेरिकाको फाइनलमा पनि पुगेका छन्। 

गोन्जालो हिग्वेन

गोन्जालो हिग्वेनले २००९-१३ को समयमा रिलय मड्रिडमा क्रिष्टियानो रोनाल्डोसँगै खेले। गएको सिजन युभेन्टसमा पनि उनी रोनाल्डोसँगै थिए। अर्जेन्टिनी स्ट्राइकर हिग्वेन २००९ देखि २०१९ सम्म राष्ट्रिय टिममा पनि खेले। यसैले रोनाल्डो र मेस्सीसँगै टिममा रहेर खेल्ने खेलाडीहरुको सूचिमा हिग्वेनको नाम पनि विशेष छ। 

गाब्रियल हेन्ज

डिफेन्डर गाब्रियल हेन्ज रोनाल्डोले युवा सयम बिताएको पोर्चुगिज क्लब स्पोर्टिङ सिपीमा एक वर्ष सँगै थिए। त्यसबेला रोनाल्डोले सिनियर टिम डेब्यू गर्ने बेला उनले क्लब छाडिसकेको भए पनि पछि म्यानचेस्टर युनाइटेडमा उनले रोनाल्डोसँगै खेलेका थिए। जहाँ अर्जेन्टिनी राष्ट्रिय टिमबाट समेत उनले मेस्सीसँगै खेलेका छन्। उनी २००३ देखि २०१० सम्म राष्ट्रिय टिममा रहेका थिए। 

फर्नान्डो गागो

अर्जेन्टिनाका डिफेन्सिभ मिडफिल्डर फर्नान्डो गागो २००७ देखि २०१२ सम्म रियल मड्रिडमा थिए। जहाँ केही वर्ष सँगै थिए, क्रिष्टियानो रोनाल्डो। अर्जेन्टिनाको राष्ट्रिय टिममा २००७ देखि २०१७ सम्म रहेका उनले मेस्सीसँग पनि केही खेल खेलेका छन्। २००८ को बेइजिङ ओलम्पिकमा उनले मेस्सीसँगै स्वर्ण पदक पनि जितेका छन्। 

एजिक्वेल गारे

अर्जेन्टिनाका सेन्टर ब्याक एजिक्वेल गारे २००८ देखि २०११ सम्म रियल मड्रिडमा थिए। २००७ देखि २०१५ सम्ममा अर्जेन्टिनाको राष्ट्रिय टिमबाट पनि उनले मेस्सीसँग केही खेल खेले। उनको खेललाई हेरेर हुने गरेको चर्चा जस्तो उचाइ उनले नपाए पनि अर्जेन्टिनी यु१५ को राष्ट्रिय टिमदेखि अहिलेसम्म नै लियोनल मेस्सीका राम्रा प्रशसंक हुन्। 

एन्डरसन डेको

२००७ देखि २०१० सम्म पोर्चुगलको राष्ट्रिय टिममा रहेका डेको २००४ देखि २००८ सम्म बार्सिलोनामा थिए। यसैले उनले रोनाल्डो र मेस्सी दुवैसँग टिममा साझेदारी गरेका छन्। यसैले पोर्चुगलका साथै क्याटालोनियामा समेत डेको लिजेण्ड खेलाडी हुन्। रोनाल्डोसँग राष्ट्रिय टिमबाट २००४ मा नै युरो कपमा डेकोको साथ हेरिएको थियो। 

एन्जेल डि मारिया

रोनाल्डो रियल मड्रिड गएको एक वर्षपछि डि मारिया पनि मड्रिड टिममा नै पुगेका थिए। २०१० देखि २०१४ सम्म उनी रियल मड्रिडमा रोनाल्डोसँगै रहे। जहाँ उनले १९० खेल खेलेका छन्। डि मारिया २००९ देखि अर्जेन्टिनाको राष्ट्रिय टिममा पनि छन्। जहाँ उनको मेस्सीसँगको तालमेल पनि खुबै देखिएको छ। 

हेनरिक लार्सन

अहिले बार्सिलोनाका सहायक प्रशिक्षक रहेका लार्सन २००७ मा लोनमा म्यानचेस्टर युनाइटेडमा रहँदा क्रिष्टियानो रोनाल्डो सँगै थिए। जतिबेला युनाइटेडले लिग जित्नुका साथै च्याम्पियन्स लिग सेमिफाइनलसम्म पुगेको थियो। त्यसअघि २००४ देखि २००६ सम्म बार्सिलोनामा रहँदा उनी मेस्सी सँगै रहे। जतिबेला दुईपटक मेस्सी र उनले एकै लिग खेलमा गोल समेत गरेका थिए। 

प्रकाशित मिति: बुधबार, असोज १४, २०७७  १५:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा
निर्वाचन आयोगद्वारा आचारसंहिता कार्यान्वयनबारे राजनीतिक दलहरूसँग छलफल
राप्रपाको महामन्त्री बनाइने शर्तमा नानीमैयाले तोडिन् अनशन
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगद्वारा आचारसंहिता कार्यान्वयनबारे राजनीतिक दलहरूसँग छलफल शुक्रबार, माघ २, २०८२
राप्रपाको महामन्त्री बनाइने शर्तमा नानीमैयाले तोडिन् अनशन शुक्रबार, माघ २, २०८२
गगन नेतृत्वको कांग्रेस सिंगो केन्द्रीय समितिसहित निर्वाचन आयोग जाँदै शुक्रबार, माघ २, २०८२
भेनेजुएलाकी कोरिना मचाडोले राष्ट्रपति ट्रम्पलाई दिइन् आफ्नो नोबेल शान्ति पुरस्कार शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
कांग्रेस कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्