काठमाडौं-उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक पदका लागि १० जनाले आवदेन दिएका छन। तत्कालीन महाप्रबन्धक सुरेन्द्र पौडेल २०७५ पुसमा नेपाल आयल निगमको महाप्रबन्धक भएर आएपछि उक्त पद रिक्त छ।
रिक्त महाप्रबन्धक पदका लागि विनोद अधिकारी, ध्रुवबहादुर देवकोटा, गोपीकृष्ण न्यौपाने, अम्मरराज खैर, संजयकुमार लाल, गोविन्द प्रसाद दाहाल, अरुणकुमार ढुंगाना, भुपेन्द्र साद अर्याल, आनन्द नेपाल र संजय कुमारको आवेदन परेको हो।
डेढ वर्षभन्दा बढी समयदेखि रिक्त उक्त पद पूर्ति गर्न भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत भदौ १ गते गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेको थियो। २१ दिने सूचना निकाल्दै आवेदन माग गरिएकोमा कोभिड १९ महामारीको कारण देखाउँदै मन्त्रालयले भदौ १९ गते दरखास्त दिने समय पहिलो पटक थप गरी असोज ५ गतेसम्म पुर्याएकाे थियो। सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति र मनोनयनसम्बन्धी निर्देशिका अनुसार महाप्रबन्धक नियुक्तिको थप प्रकृया अगाडि बढाउने मन्त्रालयले जनाएको छ।
उदयपुर सिमेन्टमा अहिले नवलकिशोर साह निमित्त महाप्रबन्धकका रुपमा काम गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।