काठमाडौं–मंगलबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ। मंगलबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम भएको छ। सोमबार छापावाल सुनको मूल्य ९३ हजार ३ सय रुपैयाँ थियो।
त्यसैगरि चाँदीको मूल्य पनि बढेको छ। मंगलबार एकै दिन चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको हो।
मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँ तोकिएको छ। सोमबार चाँदी ११ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।