नयाँदिल्ली–विश्वको ठुलो लोकतान्त्रिक भनिएको देश भारतमा अन्तर्राष्ट्रिय मानवअधिकार संस्था एमनेस्टी इन्टरनेशनलले मंगलाबारदेखि आफ्ना सबै कामकाज रोकेको छ। भारत सरकारले यो वर्षको सुरुवातमा आफ्नो बैंक खाता रोकिदिएको र त्यसपछि संस्थाले धेरै कर्मचारी कटौती गर्नुपरेको आरोप लगाउँदै एमनेस्टीले भारतमा काम रोक्न वाध्य भएको जनाएको हो।
एमनेस्टी इन्टरनेशनलको भारतस्थित कार्यालयले सरकार आफूहरुविरुद्ध निरन्तर रुपमा लागिपरेको समेत आरोप लगाएको छ। तर भारत सरकारले भने एमनेस्टी नामको संस्था बैदेशिक सहयोग कानुनअन्तर्गत दर्ता हुन नसकेको बताएको छ। विदेशी अनुदान चलाउन यो कानुनअन्तर्गत दर्ता हुनुपर्ने तर्क भारतीय सरकारको छ।
एमनेस्टीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो बैंक खाता रोकिएको जानकारी हामीलाई १० सेप्टेम्बरमा भएको थियो जसको असर काममा पर्याे। र, हामीले कर्मचारी निकाल्न बाध्य भयौं।’ विज्ञप्तिमा आफूले भारतीय घरेलु कानुनहरुको सततः पालना गरेको दाबी समेत एमनेस्टीको छ।
मानवअधिकारको क्षेत्रमा विश्वर कामगरिरहेको स्थापित संस्थाले भारतमा काम रोक्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।