काठमाडौं- एसियाली विकास बैंकबाट करिब १८ अर्ब रुपैयाँ सहुलियपूर्ण ऋण प्राप्ती गर्नका लागि सरकारले वार्ता समिति गठन गर्ने निर्णय गरेको छ। असोज ८ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बैंकसँग वार्ता र समन्वय गर्नका लागि वार्ता समिति गठनको निर्णय गरेको हो।
अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन्।
यसरी प्राप्त हुने १८ अर्ब रकम नेपालका विमानस्थलहरूको क्षमता विस्तार कार्य गर्ने प्रयोजनमा खर्च गरिने बताइएको छ।
एसियाली विकास बैंकले नेपालका पूर्वाधार विकासका लागि सहुलियपूर्ण कर्जाका साथै अनुदानसमेत उपलब्ध गराउँदै आएको छ।
असोज ८ गतेको मन्त्रिपरिषद्का निर्णय
असोज ११ गतेको मन्त्रिपरिषद्का निर्णय
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।