मेक्सिको–मेक्सिकोको मध्य क्षेत्रीय प्रान्त ग्वानजुतोको एक रेस्टुरेन्टमा आइतबार बिहान अन्धाधुन्ध गोली प्रहार हुँदा ११ जना मारिएका छन्। हतियारधारीहरुले आइतबार बिहानीपख सो रेस्टुरेन्टमा रहेका पाहुना र कर्मचारीमाथि गोली चलाएका थिए।
मोटरसाइकलमा अकस्मात ठूलो संख्यामा आएका ती बन्दुकधारीहरुले गोली हानेर ती व्यक्तिहरुको हत्या गरेका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
मारिनेमा सात पुरुष र चार महिला छन्। अरु केही कर्मचारीहरु घाइते पनि भएका समाचारमा जनाइएको छ। ग्वान्जु सहरमा खासगरी कृषि पेसामा कार्यरत व्यक्तिहरुको बसोबास रहेको छ । सो सहरमा लामो समयदेखि हिंसात्मक घटना हुँदै आएको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।