काठमाडौं-साताको पहिलो दिन सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ। आइतबारका लागि नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ। शुक्रबार सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
अघिल्लो साताभर घटेको सुनको मूल्य अन्तिम दिन शुक्रबार भने बढेको थियो। यो साताको सुरुवातमै सुनको मूल्य घटेको हो।
त्यसैगरी चाँदीको मूल्य पनि सामान्य घटेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर ११ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।