• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

नृत्य निर्देशकको नजरमा कलाकार : दिलीप रायमाझी र प्रियंका कार्की अब्बल

64x64
नेपाल लाइभ आइतबार, वैशाख १६, २०७५  १५:३६
1140x725

काठमाडौं– आइतबार जमलस्थित राष्ट्रिय नाचघरमा नृत्य विधाका हस्तीदेखि नवप्रतिभासम्मको जमघट देखियो। सन्दर्भ थियो, विश्व नृत्य दिवसको कार्यक्रम।

कार्यक्रममा नृत्य निर्देशक तथा फिल्म निर्माता राजु शाहलाई सम्मान गरियो। चलचित्र नृत्य संघको आयोजनामा शाहलाई बग्गीमा राखेर नगर परिक्रमा गराइयो। उनलाई २५ हजार र सम्मानपत्र समेत अर्पण गरिएको थियो।

समारोहमै भेटिए अहिलेका व्यस्त कोरियोग्राफर कविराज गहतराज। १२ वर्षयता नृत्यकै क्षेत्रमा लागिरहेका गहतराजसँग नेपालमा अब्बल नृत्य गर्ने अभिनेता-अभिनेत्रीबारे सोधियो। यो प्रश्नमा उनले 'नाम तोकेरै राम्रो/नराम्रो भन्न असहज हुने' कूटनीतिक जवाफ दिएर पन्छिन खोजे।

'नृत्य गर्ने क्षमता सबैमा हुन्छ', उनले भने, 'तर कम र बढी क्षमता कुन कलाकारमा छ, त्यो भने निर्देशकले छुट्याउन सक्नुपर्छ।' 

गहतराज बिस्तारै खुले, ‘मेरो अनुभवमा नेपाली चलचित्र क्षेत्रमा दिलीप रायमाझी जस्तो सहज रुपमा नाच्ने पर्फेक्ट अभिनेता कमै छन्।’ 

रायमाझीसँगै आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, पुस्पल खड्का, अनमोल केसी लगायत अभिनेताहरु नृत्य कलामा खारिँदै गएका उनको भनाइ छ। 

गहतराजले चल्तीका अभिनेता दयाहाङ राईका साथै सौगात मल्ल, निखिल उप्रेतीको चर्चा भने गरेनन्। उक्त प्रसंगमा गहतराजले थपे, ‘कलाकारलाई कतिसम्म निखार्न सकिन्छ भन्ने कुरा उसको रुचि र क्षमताका आधारमा पनि निर्देशन गर्नुपर्ने हुन्छ।' 

यता नायिकाबारे कुरा गर्दा गहतराज अभिनेत्री प्रियंका कार्कीकै नाम पहिलो क्रममा राख्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

'उनको व्यवहार र नृत्यप्रतिको रुचिले धेरै प्रभावित छु म', उनले भने। 

प्रियंकापछि केकी अधिकारी, निता ढुंगाना, स्वस्तिमा खड्का लगायतको नाम गहतराज उत्कृष्टताको सिँढीमा राख्छन्। 

समकालीन पुस्ताका अभिनेत्रीको नामसँगै गहतराजले एक समय नेपाली फिल्मनगरीमा आफ्नो कम्मर मर्काइको जादू छर्ने निरुता सिंह, करिश्मा मानन्धर, विपना थापा जस्ता अभिनेत्रीहरुको प्रसंग पनि निकाले। 

अर्का चर्चित नृत्य निर्देशक गोविन्द राईको पहिलो रोजाइका नृत्यमा सिपालु अभिनेता पनि दिलीप रायमाझी नै रहेछन्। नृत्य निर्देशनमै २१ वर्ष लामो अनुभव सँगालेका राईले प्रिय अभिनेताको बयानमा शब्द खर्चिए, 'नृत्य कलामा अनुहारको एक्सप्रेसन, शारीरिक हाउभाउ र गीतसँगको ताल मिल्नुपर्ने हुन्छ, यो सबैमा दिलीप नै राम्रो हो।' 

Xtrem

Xtrem

अनुहारको एक्सप्रेसनका हिसाबले भुवन केसी पनि नृत्यमा पोख्त कलाकार रहेको राई बताउँछन्। पछिल्लो पुस्ताका अभिनेतामा पल शाह, पुष्प खड्काको नाम लिन रुचाउँछन् उनी। प्रदीप खड्का, अनमोल केसीले पनि नृत्य कलामा निखार ल्याउँदै आएको राईले देखेका छन्। 

अभिनेत्रीहरुको प्रसंगमा राईको छनोट गहतराजको भन्दा फराकिलो छ। 

'मौसमी मल्ल, सारंगा श्रेष्ठ, करिश्मा मानन्धर, गौरी मल्ल जस्ता अभिनेत्रीहरु नेपाली फिल्मक्षेत्रका अब्बल नृत्यांगना हुन्', उनले भने।

नयाँ पुस्तामा गहतराको जस्तै राईको पहिलो रोजाइमा प्रियंका नै पर्छिन्।

‘सि इज गुड डान्सर’, उनले यति भने।

निता ढुंगाना, केकी अधिकारी, साम्राज्ञी राज्य लक्ष्मी शाहमा पनि उनले नाच्ने सीप देखेका छन्। 

नृत्य गराउन असहज अभिनेता/अभिनेत्रीबारे सोध्दा यी दुवै नृत्य निर्देशक उस्तै जवाफ दिन्छन्। 

नृत्य विधाभित्र पनि धेरै प्रकार हुने भन्दै आ–आफ्नो विधामा सबै जना उत्कृष्ट भएको दुवैको प्रतिक्रिया छ।

'यो राम्रो र ऊ नराम्रो भन्नुभन्दा पनि कलाकारको रुचि, क्षमता र गीतको प्रकृतिमा निर्भर रहेर नृत्य निर्देशकले काम लगाउनुपर्ने हुन्छ', उनीहरुको साझा स्वर छ।

कलाकारलाई गीतले मागेको र दर्शकले रुचाउने खालको नृत्य प्रस्तुत गराउन लगाउने जिम्मेवारी नृत्य निर्देशकको हुने तर कलाकारले यसमा सक्दो मिहिनेत गर्नुपर्ने गहतराज र राईको तर्क छ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०७५  १५:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
सम्बन्धित सामग्री
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्