• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २, २०८३ Sat, May 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

कात्तिक १ देखि कोरियाली पर्यटकलाई भिसा दिने सरकारको तयारी

64x64
शिव भुसाल शनिबार, असोज १०, २०७७  १६:०५
1140x725

सोल- नेपाल सरकारले नेपाल भ्रमणका लागि जान चाहने कोरियाली पर्यटकका लागि कात्तिक १ गतेदेखि भिसा उपलब्ध गराउने तयारी गरेको छ। कोरोना माहामारीका कारण लामो समयदेखि रोकिएको भिसा स्विकृति प्रक्रिया कात्तिक १ देखि पुनः सुरु गर्ने गरी तयारी थालिएको सिओलस्थित नेपाली दूतावासले जानकारी दिएको छ। 

नेपालस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलो चरणमा तत्कालका लागि हिमाल आरोहण र ट्रेकिङका लागि भिसा उपलब्ध गराउने गरी तयारी थाल्न भनेको समेत दूतावासले जनाएको छ। मन्त्रालयले अनौपचारिक जानकारी गराएपनि मन्त्रिपरिषद्‍को औपचारिक निर्णय भने अझै आइनसकेको दूतावासको भनाइ छ। 

भ्रमणका लागि नेपाल जान चाहने पर्यटकले भिसा लिँदा सरकारले तोकेका क्षेत्रका लागि मात्र जान लागेको भनी उल्लेख गर्नुपर्ने दूतावासका उपनियोग प्रमुख रामसिंह थापाले जानकारी दिए। 

हिमाल आरोहण र ट्रेकिङ जस्ता पर्यटकीय क्षेत्रमा बाक्लो भिडभाड नहुने भएकाले सोही क्षेत्रलाई लक्षित गरी भिसा उपलब्ध गराउन लागिएको थापाको भनाइ छ। 

नेपालमा कोरोना प्रकोप फैलिनुभन्दा पहिले कोरियालीले नेपाल भ्रमणमा जान चाहेको आशय व्यक्त गर्दै कहिलेबाट भिसा स्वीकृति खुल्छ भन्ने जिज्ञासा राख्ने गरेको भएपनि पछिल्लो समय भने त्यसरी जिज्ञासा राख्नेहरु नआउने गरेको थापाले बताए। 

पर्यटन मन्त्रालयको उक्त  तयारी स्वागतयोग्य भएको कोरियाका लागि नेपाली पर्यटनदूत केपी सिटौलाको भनाइ छ। तर अन्य विषयलाई बेवास्ता गरेर भिसा उपलब्ध गराएर मात्र कोरियाली पर्यटक नेपाल नजाने उनको तर्क छ। 

कोरोना महामारी सुरु भएयता कोरिया-नेपाल हवाई सम्पर्क जटिल विषय भएकाले त्यसलाई सहज नबनाई भिषा मात्र उपलब्ध गराएर नपुग्ने उनले बताए। 
महामारीमा पनि कोरियाको आन्तरिक पर्यटन व्यवसाय फस्टाएकोले कोरियालीहरु भ्रमणमा जान आतुर भएको आफूले पाएको सिटौलाको भनाइ छ। 

‘सप्ताहान्तमा कोरियाका पर्यटकीय स्थल आन्तरिक पर्यटकले भरिभराउ छन्। यहाँका होटल भरिभराउ छन्। त्यसकारण यहाँका नागरिक कोरोना प्रभाव नरहेका देशको भ्रमणमा जान आतुर छन् भन्ने बुझ्न सकिन्छ,’ उनले भने। 

nimb
nimb
Ncell 2
Ncell 2

नेपालका हिमाली क्षेत्रहरु, खासगरी हिमाल आरोहण र ट्रेकिङका क्षेत्र कोरोना प्रभावबाट मुक्त रहेकाले सरकारले हप्तामा २ ओटासम्म नियमित उडानको प्रत्याभूति गरेमा कोरियाली पर्यटक नेपाल भ्रमणमा निस्कने पर्यटन क्षेत्रका सरोकारवाला बताउँछन्। 

सरकारल भदौ १५ देखि नै कोरियाका लागि नियमित उडान सुचारु गरिएको बताएपनि पर्याप्त यात्रु नभएको भन्दै कोरियन एयरले नियमित उडान गरेको छैन। उसले हाल चार्टर उडान मात्र गर्दै आएको छ। 

कोरियाली पर्यटक नेपाल भ्रमणमा जाने वातावरण सुरु भएमा उडान पनि नियमित हुने र कोरिया आउनुपर्ने र नेपाल फर्किनुपर्ने नेपाली श्रमिकले अहिलेको जस्तो सास्ती व्यहोर्नु नपर्ने सरोकारवालाको भनाइ छ। 

सरकारले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउने घोषणा गरेको भएपनि कोरोना महामारीका कारण स्थगित गरेको थियो। 

कोरियाबाट नेपाल भ्रमणमा जाने कोरियाली पर्यटकको संख्या सन् २०१८ मा ३८ हजार १ सय ४२ रहेको र २०१९ मा ३६ हजारको हाराहारीमा रहेको सरकारी तथ्यांक छ। 

कोरियाबाट नेपाल उडानका लागि एकाधिकार पाइरहेको कोरियन एयरले छिमेकी देश भारतमाभन्दा नेपालमा उडान गर्दा टिकट शुल्क झन्डै दोब्बर लिने गरेका कारण पनि कोरियाली पर्यटक उल्लेख्य मात्रमा नेपाल भ्रमणमा नजाने गरेको कोरियामा पर्यटन क्षेत्रमा काम गरिरहेकाहरू बताउँछन्।  

कोरियाबाट कोरियन एयरसँगै आसियानाले पनि चार्टर उडान गरिरहेकाले आगामी दिनमा आसियाना र नेपाल एयरलाइन्सले पनि कोरिया-नेपाल नियमित उडान गर्दै प्रतिस्पर्धा गर्न सके पर्यटकका लागि पनि नेपाल भ्रमण शुल्क कम हुन जाने सिटौलाको तर्क छ। 

‘हाल युरोप भ्रमणमा जानुभन्दा नेपाल भ्रमणमा जानु कोरियालीका लागि महँगो छ, त्यसको मूल कारण चर्को हवाई भाडा नै हो,’ उनले भने, 'हवाइ भाडा कम भए कोरियाली पर्यटकको संख्या नेपालमा वृद्धि गर्न टेवा पुग्छ।'

प्रकाशित मिति: शनिबार, असोज १०, २०७७  १६:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव भुसाल
भुसाल नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
कोरियाले कोरोनाका कारण रोकिएका ६६ हजार विदेशी श्रमिक १ वर्षभित्र ल्याउने
कोरियामा कार्यरत १ लाख १५ हजार विदेशी श्रमिकको भिसा अवधि एक वर्ष थपियो, नयाँ श्रमिक ल्याउने प्रक्रिया लम्बिने संकेत
विदेशी श्रमिकले काम फेरे पनि कमिटेड भिसामा कोरिया आउन पाउने कानुन पारित
सम्बन्धित सामग्री
टर्किस एयरको विमानमा आगलागी : २७७ यात्रु, सबै सुरक्षित उनका अनुसार यात्रुहरुलाई इर्मेन्सी ढोका खोलेर उद्धार गरिएको थियो । सो विमानमा चार बच्चासहित २७७ यात्रु थिए । विमानमा आगो लागेपछि उद्... सोमबार, वैशाख २८, २०८३
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन नेपाल वायुसेवा निगमले काठमाडौंबाट गुल्मीका लागि आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो । शनिबार, वैशाख ५, २०८३
११ महिनामा करिब ५ हजार पर्यटकले गरे फोक्सुण्डो तालको भ्रमण शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार यो अवधिमा ४ हजार ३६२ जना नेपाली, ५५ जना सार्क मुलुकका तथा ४६५ जना अन्य विदेशी पर्य... शुक्रबार, चैत २७, २०८२
ताजा समाचारसबै
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश शुक्रबार, जेठ १, २०८३
महालेखा परीक्षकको प्रतिवेदन : निगमको जहाज खरिद गर्न लिएको ऋण ३४ अर्ब, तिर्नुपर्ने- ५३ अर्ब पुग्यो शुक्रबार, जेठ १, २०८३
कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत शुक्रबार, जेठ १, २०८३
उपराष्ट्रपति यादवसँग इजरायली राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार, जेठ १, २०८३
‘कृषि नीतिमा ‘पोलिसी डिपार्चर’ आवश्यक’ : कृषि मन्त्री चौधरी शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति शुक्रबार, जेठ १, २०८३
रक्षा र गृह सम्हालिरहेका प्रधानमन्त्री बालेनले नवप्रवर्तन मन्त्रालय पनि आफैँसँग राखे बिहीबार, वैशाख ३१, २०८३
अनुसन्धान विभाग फेरि गृहबाट प्रधानमन्त्रीकै मातहत सारियो शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्