• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर १७, २०८२ Wed, Dec 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

कोरियामा कार्यरत १ लाख १५ हजार विदेशी श्रमिकको भिसा अवधि एक वर्ष थपियो, नयाँ श्रमिक ल्याउने प्रक्रिया लम्बिने संकेत

64x64
शिव भुसाल मंगलबार, चैत ३१, २०७७  ११:३७
1140x725

सिओल- कोरिया सरकारले यहाँ कार्यरत भिसा समाप्त हुने चरणमा पुगेका ई-९ र एच-२ भिसाधारी करिब एक लाख १५ हजार आप्रवासी श्रमिकलाई एक वर्ष भिसा थप गरिदिने निर्णय गरेको छ। ६२ हजार २३९ जना ईपीयस भिसाधारी र ५२ हजार ३५७ जना एच-२ भिसाधारी गरी एक लाख १४ हजार ५९६ जना विदेशी श्रमिकको एक वर्ष भिसा थप हुने भएको हो।

कोरिया आउने सम्पूर्ण चरण पार गरेका १६ देशका नयाँ कामदार ल्याउन कोरोना महामारीका कारण अवरोध भएपछि सम्भावित श्रमिक अभावलाई पूर्ति गर्न यस्तो निर्णय आएको यहाँको न्याय मन्त्रालयलाई उद्धृत गर्दै प्रवासी श्रमिक युनियन (एमटीयू)ले जानकारी दिएको छ।

यहाँको सरकारले आप्रवासी श्रमिक कोरोना महामारीका कारण स्वदेश फिर्ता हुन कठिनाइ भएको र नयाँ श्रमिक ल्याउनसमेत समस्या भएको भन्दै पुरानै श्रमिकको भिसा बढीमा एक वर्ष थप गर्नेगरी कानुन पारित गरेको थियो। उक्त कानुन अप्रिल १३ अर्थात् मंगलबारबाट लागू भएको छ।

यो नियम लागू भएसँगै अब सन् २०२१ को डिसेम्बर ३१ सम्ममा तीन वर्ष वा चार वर्ष १० महिनाको भिसा अवधि समाप्त हुने श्रमिमको भिसा स्वत: एक वर्ष थप हुने युनियनका अध्यक्ष उदय राईले जानकारी दिए।

तीन वर्ष पुगेर भिसा थप गर्नुपर्ने श्रमिकको हकमा रोजगारदाताले बोनस भिसाको रुपमा थप गरिदिने एक वर्ष १० महिनाको थप भिसा हाल थपिने एक वर्षे भिसामा समावेश नहुने राईको भनाइ छ।

अब  ३९ हजार २७२ जना ई-९ श्रमिकले कूल पाँच वर्ष १० महिनासम्म कोरियामा बस्‍न पाउने सुविधा पाएका छन्। उक्त भिसाको सुविधा कम्पनी परिवर्तनको चरणमा रहेर काम खोजीरहेका श्रमिकमा पनि लागू हुने बताइएको छ।

उक्त कानुन लागू भएसँगै भिसा समाप्त भई स्वदेश फर्किने तयारीमा रहेका २२ हजार ९६७ ई-९ श्रमिकले थप एक वर्ष कोरियामै वैधानिक रुपमा बस्‍ने अनुमति पाएका छन्। त्यस्तै तीन वर्ष पूरा गरी एक वर्ष १० महिनाको बोनस भिसा थप गर्न पाउने श्रमिकले अब थप एक वर्ष गरी दुई वर्ष वर्ष १० महिना गरी पाँच वर्ष १० महिना कोरियामै वैधानिक रुपमा बस्‍न पाउने छन्।

कोरिया-नेपाल उडान प्रभावित
सरकारको उक्त निर्णयसँगै स्वदेश फर्किने तयारीमा रहेर टिकट काटिसकेका नेपालीको समेत भिसा थप हुने भएपछि तोकिएका उडानसमेत स्थगित हुनसक्ने बताइएको छ। उक्त नियम मंगलबारबाट मात्र लागू हुन लागेकाले हालसम्म टिकट रद्द गर्नेहरुको संख्या न्यून रहे पनि दुईदेखि तीन दिनमा यो संख्या बढ्नसक्ने केएमई ट्राभलका सञ्‍चालक विनोद कुँवरले बताए।

Ncell 2
Ncell 2

टिकट रद्द गर्नेहरुको संख्या बढी भएमा तोकिएको कोरियन एयरको उडान पनि स्वत: रद्द गर्नुपर्ने कुँवरको भनाइ छ। उनले थपे, ‘त्यसरी भिसा थप भएर टिकट रद्द गर्नुपर्ने भएमा तोकिएको शुल्क काटेर टिकट रद्द गराइन्छ, त्यसमा कुनै अवरोध हुँदैन।’

नयाँ ईपीएस कामदार ल्याउन थप ढिलाइको संकेत
यो नियम लागू भएसँगै अब कोरिया आउन व्यग्र प्रतीक्षामा रहेका १६ देशका ईपीएस श्रमिकले थप समय कुर्नुपर्ने संकेत देखिएको छ। सरकारले सन् २०२१ भरिलाई कामदार पूर्ति गर्नेगरी भिसा थप गरिदिएसँगै कोरियामा श्रमिक अभाव पनि तुलनात्मक रुपमा टर्नेछ।

कोरोना महामारी सुरु भएपछि कोरियामा सन् २०२० मा  जम्मा छ हजार ६८८ जना श्रमिक र २०२१ को  मार्चसम्ममा जम्मा एक हजार ४१२ जना श्रमिकमात्र कोरिया प्रवेश गरेको सरकारी तथ्यांक छ।

ईपीएस प्रणालीमार्फत कोरिया आएर भिसा अवधि समाप्त भएपछि पनि अवैधानिक रुपमा बस्‍ने आप्रवासीको संख्या ४१ हजार ६४६ रहेको छ। कोरियामा १६ देशका एक लाख ७३ हजार ८४५ जना ईपीएस श्रमिक कार्यरत छन्।

(भूलसुधार: 'कोरियामा कार्यरत एक लाख १५ हजार विदेशी श्रमिकको भिसा अवधि एक वर्ष थप' हुनुपर्नेमा यसअघि अन्यथा हुन गएकोमा सच्याइएको छ। सं. )

प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  ११:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव भुसाल
भुसाल नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
कोरियाले कोरोनाका कारण रोकिएका ६६ हजार विदेशी श्रमिक १ वर्षभित्र ल्याउने
कोरियामा कार्यरत १ लाख १५ हजार विदेशी श्रमिकको भिसा अवधि एक वर्ष थपियो, नयाँ श्रमिक ल्याउने प्रक्रिया लम्बिने संकेत
विदेशी श्रमिकले काम फेरे पनि कमिटेड भिसामा कोरिया आउन पाउने कानुन पारित
सम्बन्धित सामग्री
कोरियामा ई–७ भिसामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि कार्यान्वयनमा रोक दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत अदक्ष श्रमिक पठाउँदै आएको छ । त्यसबाहेक म्यानपावर कम्पनीमार्फत ई–७ भिसाअन्तर्गत... मंगलबार, भदौ ३१, २०८२
पछिल्लो एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका ११८० जना बाकसमा फर्किए बिहीबार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेतीले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन् । उनले गत आवमा अघिल्लो वर्षको... बिहीबार, साउन १५, २०८२
श्रमिकको न्यूनतम ज्याला २२५० बढाउनुपर्ने, १९ हजार ५५० कायम गर्न सरकारलाई सिफारिस श्रम ऐन, २०७४ को दफा १०७ अनुसार प्रत्येक दुई वर्षमा श्रमिकको न्युन्तम पारिश्रमिक पुनः निर्धारण गर्नुपर्ने व्यवस्था छ । यसअघि श्रमिकक... बिहीबार, साउन १, २०८२
ताजा समाचारसबै
बुधबार बिहान पाँच घण्टा फोन पे अवरुद्ध हुने मंगलबार, मंसिर १६, २०८२
लुम्बिनी विकास कोषको सदस्य-सचिवमा श्रेष्ठ नियुक्त, धर्मको हेक्का राखी काम गर्न प्रधानमन्त्रीको निर्देशन मंगलबार, मंसिर १६, २०८२
दक्षिण कोरियामा लगातार मूल्यवृद्धि मंगलबार, मंसिर १६, २०८२
एनपीएल–२ : पोखराको दोस्रो जित, पाँचौं हारसँगै प्लेअफ दौडबाट बाहिरियो कर्णाली मंगलबार, मंसिर १६, २०८२
हर्क साम्पाङको पार्टीको मूल सिद्धान्त ‘हर्कवाद’ मंगलबार, मंसिर १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
अन्ततः पुसमा महाधिवेशन गर्न संस्थापन पक्ष सहमत सोमबार, मंसिर १५, २०८२
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश सोमबार, मंसिर १५, २०८२
सर्वोच्चद्वारा भूमि आयोग खारेज गर्ने सरकारको निर्णय बदर सोमबार, मंसिर १५, २०८२
अब ५ लाखमाथिको कारोबार बैंकमार्फत, नगद कारोबारको सीमा घटाइयो सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्