• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

कोरियामा कार्यरत १ लाख १५ हजार विदेशी श्रमिकको भिसा अवधि एक वर्ष थपियो, नयाँ श्रमिक ल्याउने प्रक्रिया लम्बिने संकेत

64x64
शिव भुसाल मंगलबार, चैत ३१, २०७७  ११:३७
1140x725

सिओल- कोरिया सरकारले यहाँ कार्यरत भिसा समाप्त हुने चरणमा पुगेका ई-९ र एच-२ भिसाधारी करिब एक लाख १५ हजार आप्रवासी श्रमिकलाई एक वर्ष भिसा थप गरिदिने निर्णय गरेको छ। ६२ हजार २३९ जना ईपीयस भिसाधारी र ५२ हजार ३५७ जना एच-२ भिसाधारी गरी एक लाख १४ हजार ५९६ जना विदेशी श्रमिकको एक वर्ष भिसा थप हुने भएको हो।

कोरिया आउने सम्पूर्ण चरण पार गरेका १६ देशका नयाँ कामदार ल्याउन कोरोना महामारीका कारण अवरोध भएपछि सम्भावित श्रमिक अभावलाई पूर्ति गर्न यस्तो निर्णय आएको यहाँको न्याय मन्त्रालयलाई उद्धृत गर्दै प्रवासी श्रमिक युनियन (एमटीयू)ले जानकारी दिएको छ।

यहाँको सरकारले आप्रवासी श्रमिक कोरोना महामारीका कारण स्वदेश फिर्ता हुन कठिनाइ भएको र नयाँ श्रमिक ल्याउनसमेत समस्या भएको भन्दै पुरानै श्रमिकको भिसा बढीमा एक वर्ष थप गर्नेगरी कानुन पारित गरेको थियो। उक्त कानुन अप्रिल १३ अर्थात् मंगलबारबाट लागू भएको छ।

यो नियम लागू भएसँगै अब सन् २०२१ को डिसेम्बर ३१ सम्ममा तीन वर्ष वा चार वर्ष १० महिनाको भिसा अवधि समाप्त हुने श्रमिमको भिसा स्वत: एक वर्ष थप हुने युनियनका अध्यक्ष उदय राईले जानकारी दिए।

तीन वर्ष पुगेर भिसा थप गर्नुपर्ने श्रमिकको हकमा रोजगारदाताले बोनस भिसाको रुपमा थप गरिदिने एक वर्ष १० महिनाको थप भिसा हाल थपिने एक वर्षे भिसामा समावेश नहुने राईको भनाइ छ।

अब  ३९ हजार २७२ जना ई-९ श्रमिकले कूल पाँच वर्ष १० महिनासम्म कोरियामा बस्‍न पाउने सुविधा पाएका छन्। उक्त भिसाको सुविधा कम्पनी परिवर्तनको चरणमा रहेर काम खोजीरहेका श्रमिकमा पनि लागू हुने बताइएको छ।

उक्त कानुन लागू भएसँगै भिसा समाप्त भई स्वदेश फर्किने तयारीमा रहेका २२ हजार ९६७ ई-९ श्रमिकले थप एक वर्ष कोरियामै वैधानिक रुपमा बस्‍ने अनुमति पाएका छन्। त्यस्तै तीन वर्ष पूरा गरी एक वर्ष १० महिनाको बोनस भिसा थप गर्न पाउने श्रमिकले अब थप एक वर्ष गरी दुई वर्ष वर्ष १० महिना गरी पाँच वर्ष १० महिना कोरियामै वैधानिक रुपमा बस्‍न पाउने छन्।

कोरिया-नेपाल उडान प्रभावित
सरकारको उक्त निर्णयसँगै स्वदेश फर्किने तयारीमा रहेर टिकट काटिसकेका नेपालीको समेत भिसा थप हुने भएपछि तोकिएका उडानसमेत स्थगित हुनसक्ने बताइएको छ। उक्त नियम मंगलबारबाट मात्र लागू हुन लागेकाले हालसम्म टिकट रद्द गर्नेहरुको संख्या न्यून रहे पनि दुईदेखि तीन दिनमा यो संख्या बढ्नसक्ने केएमई ट्राभलका सञ्‍चालक विनोद कुँवरले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

टिकट रद्द गर्नेहरुको संख्या बढी भएमा तोकिएको कोरियन एयरको उडान पनि स्वत: रद्द गर्नुपर्ने कुँवरको भनाइ छ। उनले थपे, ‘त्यसरी भिसा थप भएर टिकट रद्द गर्नुपर्ने भएमा तोकिएको शुल्क काटेर टिकट रद्द गराइन्छ, त्यसमा कुनै अवरोध हुँदैन।’

नयाँ ईपीएस कामदार ल्याउन थप ढिलाइको संकेत
यो नियम लागू भएसँगै अब कोरिया आउन व्यग्र प्रतीक्षामा रहेका १६ देशका ईपीएस श्रमिकले थप समय कुर्नुपर्ने संकेत देखिएको छ। सरकारले सन् २०२१ भरिलाई कामदार पूर्ति गर्नेगरी भिसा थप गरिदिएसँगै कोरियामा श्रमिक अभाव पनि तुलनात्मक रुपमा टर्नेछ।

कोरोना महामारी सुरु भएपछि कोरियामा सन् २०२० मा  जम्मा छ हजार ६८८ जना श्रमिक र २०२१ को  मार्चसम्ममा जम्मा एक हजार ४१२ जना श्रमिकमात्र कोरिया प्रवेश गरेको सरकारी तथ्यांक छ।

ईपीएस प्रणालीमार्फत कोरिया आएर भिसा अवधि समाप्त भएपछि पनि अवैधानिक रुपमा बस्‍ने आप्रवासीको संख्या ४१ हजार ६४६ रहेको छ। कोरियामा १६ देशका एक लाख ७३ हजार ८४५ जना ईपीएस श्रमिक कार्यरत छन्।

Xtrem

Xtrem

(भूलसुधार: 'कोरियामा कार्यरत एक लाख १५ हजार विदेशी श्रमिकको भिसा अवधि एक वर्ष थप' हुनुपर्नेमा यसअघि अन्यथा हुन गएकोमा सच्याइएको छ। सं. )

प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  ११:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव भुसाल
भुसाल नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
कोरियाले कोरोनाका कारण रोकिएका ६६ हजार विदेशी श्रमिक १ वर्षभित्र ल्याउने
कोरियामा कार्यरत १ लाख १५ हजार विदेशी श्रमिकको भिसा अवधि एक वर्ष थपियो, नयाँ श्रमिक ल्याउने प्रक्रिया लम्बिने संकेत
विदेशी श्रमिकले काम फेरे पनि कमिटेड भिसामा कोरिया आउन पाउने कानुन पारित
सम्बन्धित सामग्री
भिसा दुरुपयोग गरि जापान पठाउने नाममा लाखौं असुली, यामानोमाथि विभागले अनुसन्धान गर्ने जापानी नागरिक यामानो शिनिचिरोले नेपालमा आफ्नो भिसाको दुरुपयोग गर्दै म्यानपावर कम्पनी र जापान जाने कामदारलाई पैसा उठाएको विषयमा बैदेश... शुक्रबार, असोज ९, २०८३
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा आइतबार, असोज १८, २०८३
संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा आइतबार, असोज १८, २०८३
रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम भव्य रूपमा सम्पन्न आइतबार, असोज १८, २०८३
देउवा लक्षित रवि लामिछानको टिप्पणी ‘फकाउनुभन्दा छोडिदिँदा राम्रो हुन्छ, सुझाव दिन चाहन्छु’ आइतबार, असोज १८, २०८३
कांग्रेसको शक्ति नै उसको लामो राजनीतिक इतिहास हो : रवि लामिछाने आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्